एपोलो हाइड्रोपावरलाई आईपीओ निष्कासन अनुमति, १४ लाख १० हजार कित्ता शेयर बिक्री हुने
जलसरोकार
काठमाडौँ,: नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता रु १०० अंकित मूल्यमा कुल रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्री गर्न स्वीकृति दिएको हो ।
एपोलो हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ओखलढुंगा जिल्लामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षको हालसम्म १५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिइसकिएको छ । तीमध्ये नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादनमूलक कम्पनी तथा होटल तथा पर्यटन र विकास बैंक क्षेत्रका एक–एक वटा कम्पनी रहेका छन् ।
बोर्डले चालु आवको यस अवधिसम्म कुल रु छ अर्ब एक करोड १७ लाख २७ हजार ८०० बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरिसकेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता