अपि पावरको नाफा ३६.७५ प्रतिशतले बढ्यो, ६ महिनामा ४२.६२ करोड कमाइ
जलसरोकार
काठमाडौँ : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ३१ करोड १६ लाख रुपैयाँको तुलनामा ३६.७५ प्रतिशत बढी हो ।
कम्पनीका अनुसार विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय खर्च घट्नु नाफा वृद्धिको मुख्य कारण हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ११.७९ प्रतिशतले बढेको छ भने कुल नाफा १८.२३ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा वित्तीय खर्च ३६.३१ प्रतिशतले घटेको छ ।
नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ । समीक्षा अवधिमा EPS ३ रुपैयाँ ७७ पैसाले बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E) २०.६२ गुणा रहेको छ ।
६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी १ अर्ब ६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता