आँखुखोला जलविद्युतले तय गर्यो बुक क्लोजको मिति
जलसरोकार
काठमाडौं – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट उक्त हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएसँगै कम्पनीले साउन १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
हकप्रद सेयर निष्कासनको मितिभने कम्पनीले तय गर्न बाँकी छ ।
बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम शेयधरनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् । यस कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार