सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरको बाँडफाँड सम्पन्न, आजदेखि रकम फिर्ता हुने
जलसरोकार
काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर चैत ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो । बाँडफाँडको अन्तिम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहेको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार उक्त मूल्यमा बोलपत्र पेस गर्नेको हकमा सापेक्षित भारअनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको छ । आवेदकहरूको बाँडफाँडमा नपरेको सेयरबापतको रकम आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन विद्यमान कानुन नै पर्याप्त : सरोकारवाला
-
कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह
-
अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
-
प्राधिकरण केन्द्रित विद्युत् बजारलाई खुला र प्रतिस्पर्धात्मक बनाउँदै आयोग
-
बिजुलीमा लगाइएको भ्याट खारेज गर्न प्राधिकरणका कर्मचारी संगठनहरुको माग
-
अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध