सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरको बाँडफाँड सम्पन्न, आजदेखि रकम फिर्ता हुने
जलसरोकार
काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ४६ लाख कित्ता बढी सेयरको बाँडफाँड गरेको छ । गत चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर चैत ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो । बाँडफाँडको अन्तिम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहेको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार उक्त मूल्यमा बोलपत्र पेस गर्नेको हकमा सापेक्षित भारअनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको छ । आवेदकहरूको बाँडफाँडमा नपरेको सेयरबापतको रकम आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा