सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
जलसरोकार
काठमाडौँ : मंगलबार नेप्से परिसूचक लगातार दोस्रो दिन बढेर बन्द भएको छ । सोमबार सामान्य सुधार देखिएको बजारले मंगलबार पनि सकारात्मक लय कायम राख्दै २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा बन्द भएको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले वृद्धि भएको छ।
सूचक उल्लेख्य बढेपनि कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३२८ स्टकका ४९ हजार ९३ पटकका कारोबारमार्फत ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ।
सालपा विकास बैंकको शेयर पुनः सकारात्मक सर्किटमा कारोबार हुँदै ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा अन्तिम मूल्य कायम भएको छ ।
रिलायन्स स्पिनिङ्ग मिल्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सागर डिष्टिलरीको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ । यस दिन घटेका स्टकहरूको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढी र राधी विद्युत कम्पनीको १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक २.०२ प्रतिशतले वृद्धि भएको छ। साथै विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहमा १ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ।
समग्रमा बजारमा उत्साह देखिए पनि कारोबार रकम घटेकाले लगानीकर्ताको सहभागिता अझै सन्तुलित देखिएको विश्लेषण गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?