मनाङ-मर्स्याङ्दी जलविद्युत्मा १७ करोड ५२ लाख अमेरिकी डलर लगानी सम्झौता


काठमाडौं : मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनी प्रा. लि.द्वारा प्रवर्द्धित १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणको लागि चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको छ ।
आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भएसँगै निर्माण कार्यसमेत प्रारम्भ भएको छ ।
कर्जा सम्झौता अनुसार एक्जीम बैंकले चाइनिज युआन १ अर्ब २४ करोड २५ लाख चाइनिज (१७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर) लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य श्रोतवाट जुटाइएको कम्पनीले जनाएको छ ।
उक्त आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर छ ।
कम्पनीमा नेपालको नेतृत्वदायी जलविद्युत् प्रवर्द्धक बुटवल पावर कम्पनी लिमिटेड, चिनियाँ लगानीकर्ताहरु एसीआईजी इन्टरनेशनल लि., सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, र क्यूवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेड र सो कम्पनीहरुको संयुक्त लगानीको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इनभेष्टमेन्ट कम्पनी प्रा. लि.को संयुक्त लगानी छ ।
उक्त आयोजनामा ऋण तथा स्वपूँजी लगानीको अनुपात ८०ः२० रहने छ । यस कम्पनीको स्वपूँजीमा २० प्रतिशत बुटवल पावर कम्पनीको लगानी र ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहनेछ ।
उक्त कम्पनीले आयोजनास्थल आसपासका स्थानीय बासिन्दाहरुलाई प्रचलित कानुनको अधिनमा रही शेयर उपलब्ध गराउने जनाएको छ ।
आयोजनाको निर्माण कार्य इपीसी ठेक्का अन्र्तगत सिनोहाइड्रो ब्यूरो ७ कम्पनी लिमिटेड, चाइनाले गरिरहेको छ । आयोजनाको निर्माण कार्य निर्धारित कार्ययोजना अनुरुप तोकिएको समय ४२ महिनाभित्रै सम्पन्न गरिने कम्पनीले जनाएको छ ।
मनाङको चामे र नासों गाउँपालिकामा पर्ने उक्त आयोजना अर्धजलाशययुक्त हो ।
ग्रस हेड ४३० मिटर रहेको उक्त आयोजनाको बाँध चामे गाउँपालिका वडा नं. ३ कोतोमा तथा विद्युत गृह नासों गा.पा. वडा नं. ९ मा पर्छ ।
उक्त आयोजनामा ६ कि.मी. लामो हेडरेस सुरुङ मार्फत मस्र्याङदी नदीको पानी विद्युत गृहमा पठाइनेछ । आयोजनाले वार्षिक ७६ करोड ६० लाख युनिट वद्युत उत्पादन गर्नेछ ।
स्वदेशी तथा विदेशी कम्पनीहरुको संयुक्त शेयर लगानीमा मस्र्याङदी नदीमा क्यास्केड अवधारणामा निर्माणाधिन तीन जलविद्युत आयोजनाहरु मध्ये यस आयोजना पहिलो आयोजना हो ।
मनाङ र लमजुङ्ग जिल्लामा अवस्थित अन्य दुई आयोजनाहरुमा १३९.२ मेगावाट क्षमताको लोअर मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी-२ जलविद्युत आयोजना रहेका छन् ।
यी तीनवटै आयोजनाहरुको कुल जडित क्षमता ६०१.२ मेगावाट र कुल लागत १ अर्ब २० करोड अमेरिकी डलर रहने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ । प्रत्येक आयोजनाहरु छुट्टाछुट्टै कम्पनी मार्फत निर्माण गरिनेछ ।
नेपालमा हालसम्म हेजिङ प्रणालीमा स्पष्टता नभएको कोभिड–१९ महामारीले असर पुर्याएको, जग्गा अधिग्रहण र रुख कटानीका चुनौतीहरु सामना गरिएको र मर्स्याङ्दी नदीमा सन् २०२१ मा आएको ठूलो बाढीले आयोजनास्थल रहेको मनाङ जिल्लामा नै गम्भीर क्षति बेहोर्नु परेको थियो ।
‘यस्तो कठिनाइ हुँदाहुँदै पनि यस आयोजना अघि बढ्दै निर्माण कार्य प्रारम्भ भैसकेको छ,’ शुक्रबार साँझ ऋण सम्झौतामा हस्ताक्षर भएपछि कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच