सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भन्सार एजेन्ट र विभागबीच सहमति

जलसरोकार
बुधबार, मंसिर २४, २०८२ | १३:४०:४७ बजे

 

काठमाडौं: नयाँ भन्सार ऐनका केही प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गर्दै आएका भन्सार एजेन्ट र भन्सार विभागबीच सहमति भएको छ । बुधबार भन्सार विभागमा भएको दुई पक्षीय वार्तामा भन्सार एजेन्टहरूले अवरुद्ध काम सुरु गर्ने निर्णय भएको हो ।

भन्सार एजेन्ट महासंघले एजेन्टहरूको मागलाई सरकारले सकारात्मक रूपमा लिएको र समाधानका लागि तयारी देखाएकाले आन्दोलन स्थगित गरिएको जानकारी दिएको छ । यसअघि पनि मंगलबार दुवै पक्षबीच वार्ता भएको थियो तर ठोस निष्कर्ष ननिस्किएपछि पेनडाउन निरन्तर भएको थियो ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले दुई पक्षीय सहमतिको परिणामस्वरूप अब भन्सार अवरोध खुलेको बताए।

“उहाँहरूको मागहरू हामीले सुन्यौँ। विभागबाट गर्न सकिने सहजीकरण हुन्छ। दुई पक्षीय सहमतिसँगै भन्सार अवरोध खुलेको छ,” भण्डारीले भने ।

नयाँ भन्सार ऐन शनिबारदेखि कार्यान्वयनमा आएपछि दण्ड–जरिवाना कडा भएको, कागजात व्यवस्थापन तथा प्रक्रिया अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्टहरूले मंगलबार बिहानदेखि देशभर काम रोक्का गरेका थिए ।

एजेन्ट महासंघको आह्वानमा जाँचपास रोकिँदा आयात–निर्यातमा ठूलो अवरोध सिर्जना भएको थियो। सहमति बनेसँगै अब भन्सार नाकाहरूमा पुनः नियमित रूपमा जाँचपास र अन्य प्रक्रिया अघि बढ्न थालेको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २४, २०८२ | १३:४०:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया