भन्सार एजेन्ट र विभागबीच सहमति
जलसरोकार
काठमाडौं: नयाँ भन्सार ऐनका केही प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गर्दै आएका भन्सार एजेन्ट र भन्सार विभागबीच सहमति भएको छ । बुधबार भन्सार विभागमा भएको दुई पक्षीय वार्तामा भन्सार एजेन्टहरूले अवरुद्ध काम सुरु गर्ने निर्णय भएको हो ।
भन्सार एजेन्ट महासंघले एजेन्टहरूको मागलाई सरकारले सकारात्मक रूपमा लिएको र समाधानका लागि तयारी देखाएकाले आन्दोलन स्थगित गरिएको जानकारी दिएको छ । यसअघि पनि मंगलबार दुवै पक्षबीच वार्ता भएको थियो तर ठोस निष्कर्ष ननिस्किएपछि पेनडाउन निरन्तर भएको थियो ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले दुई पक्षीय सहमतिको परिणामस्वरूप अब भन्सार अवरोध खुलेको बताए।
“उहाँहरूको मागहरू हामीले सुन्यौँ। विभागबाट गर्न सकिने सहजीकरण हुन्छ। दुई पक्षीय सहमतिसँगै भन्सार अवरोध खुलेको छ,” भण्डारीले भने ।
नयाँ भन्सार ऐन शनिबारदेखि कार्यान्वयनमा आएपछि दण्ड–जरिवाना कडा भएको, कागजात व्यवस्थापन तथा प्रक्रिया अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्टहरूले मंगलबार बिहानदेखि देशभर काम रोक्का गरेका थिए ।
एजेन्ट महासंघको आह्वानमा जाँचपास रोकिँदा आयात–निर्यातमा ठूलो अवरोध सिर्जना भएको थियो। सहमति बनेसँगै अब भन्सार नाकाहरूमा पुनः नियमित रूपमा जाँचपास र अन्य प्रक्रिया अघि बढ्न थालेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु