सडकबत्तीको बक्यौता नउठेपछि प्राधिकरणले दियो स्थानीयतहलाई किस्ताबन्दीमा महसुल बुझाउने सुविधा
जलसरोकार
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा सडक बत्तीको महसुल बुझाउने सुविधा स्थानीय तहहरुलाई दिने भएको छ । प्राधिकरणले ६० महिनासम्मको बक्यौता रकम किस्ताबन्दीमा बुझाउन पाउने गरी आइतबार सूचना जारी गरेको छ। स्थानीय तहले प्रयोग गरेको सडक बत्ती बापत ६ अर्बभन्दा बढी रकम उठ्न नसकेपछि प्राधिकरणले किस्ताबन्दीको सुविधा दिएको हो । किस्ताबन्दीमा रकम बुझाउन चाहने स्थानीय तहले ४५ दिन भित्र आवेदन दिनुपर्ने प्राधिकरणले सूचनाबाट आग्रह गरेको छ।
यसअघि प्राधिकरणले स्थानीय तहलाई बक्यौता बुझाउन सूचना जारी गरेको थियो। प्राधिकरणले स्थानीय तहलाई हालसम्म प्रयोग गरिएका सडक बत्तीको बक्यौता महसुल समर्थन गरी आवश्यक भएमा किस्ताबन्दीमा तिर्न सक्ने सुविधा उपलब्ध गराएको थियो।
चैत १६ गते प्राधिकरणले सूचना जारी गर्दै देशभरका स्थानीय तहले सडक बत्ती प्रयोग गरे बापत् भुक्तानी नगरेको भन्दै सडक बत्तीको प्रयोग गरे बापत् विद्युत महसुल तिर्न आह्वान गरेको थियो। सो आधारमा केही स्थानीय तहले बक्यौता महुसल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धा व्यक्त गरेका थिए। यस्तै, केहीले भुक्तानी पनि गरेको प्राधिकरणले जनाएको थियो।
सो सूचना पछि नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुलाई सडक बत्तीको बक्यौता भुक्तानीका लागि पुन: आह्वान गरेको थियो। स्थानीय तहलाई पटकपटक भुक्तानीका लागि आग्रह गरे पनि सो अनुसार काम नभएको भन्दै त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीहरुको विद्युत लाइन जुनसुकै बेला काटिन सक्ने चेतावनी दिएको थियो। प्राधिकारणका अनुसार देशभरका विभिन्न स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरे बापत् करिब ६ अर्ब रुपैयाँ भन्दा बढी विद्युत महसुल तिर्न बाँकी रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?