अरुण–३ आयोजनाका लागि थप जग्गा अधिग्रहण गरिने, मुआब्जा रकम निर्धारण
जलसरोकार
काठमाडौं– संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाका लागि थप ७ रोपनी ५ आना १ पैसा जग्गा अधिग्रहण गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाले बुधबार सूचना प्रकाशित गर्दै विवरण सार्वजनिक गरेको हो।
सूचनाअनुसार आयोजना निर्माणका लागि थप आवश्यक पर्ने मकालु गाउँपालिका–३ (साबिक पाथीभरा गाविस–३ र ४) उवा गाउँ तथा नयाँ बस्तीका जग्गा स्थायी रुपमा अधिग्रहण गरिने छ। यसका लागि गत बिहीबार मुआब्जा निर्धारण समितिको बैठक भएको थियो। बैठकले जग्गाको प्रकारअनुसार मुआब्जा निर्धारण गरेको छ।
पाथीभरा–४ मा नयाँ बस्तीको १ हजार ४५ वर्गमिटर (२ रोपनी ३ पैसा १.८ दाम) जग्गा अधिग्रहण गरिने छ। जसको मुआब्जा ८ लाख रोपनीले निर्धारण गरिएको छ। पाथीभरा–३ को खेत १४ सय ४८ वर्गमिटर (२ रोपनी १३ आना २ पैसा) अधिग्रहण गरिँदै छ। यसको मुआब्जा रकम पनि प्रति रोपनी ८ लाख रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै पाथीभरा–३ मा बारी १२ सय ३७ वर्गमिटर (२ रोपनी ६ आना ३ पैसा २.४ दाम) अधिग्रहणका लागि प्रति रोपनी ७ लाख ५० हजार रुपैयाँ मुआब्जा निर्धारण गरिएको जिल्ला प्रशासनको सूचनामा छ।
सम्बन्धित जग्गाधनीलाई सम्पर्क राख्न भनिएको सूचनामा मुआब्जा रकम चित्त नबुझे १५ दिनभित्र गृह मन्त्रालयमा निवेदन दिन सकिने जनाइएको छ। निर्माण प्रगति ६० प्रतिशत पुगिसकेको अर्ध(जलाशययुक्त अरुण-३ आयोजनामा भारतीय कम्पनीको लगानी छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी