न्यायपालिका अधिकृत समाजको अध्यक्षमा अच्युत कुइँकेल चयन
जलसरोकार
काठमाडौं : न्यायपालिका अधिकृत समाजको पाँचौं साधारण सभाले सर्वाेच्च अदालतमा कार्यरत अच्युत कुइँकेललाई अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
यही जेठ १७ र १८ गते सम्पन्न समाजको साधारण सभाले समाजको उपाध्यक्षमा सर्वाेच्च अदालतमा कार्यरत अधिकृतद्वय निराजन पाण्डे र शारदा फुयाललाई उपाध्यक्षमा, सर्वाेच्चकै अविधान सापकोटालाई महासचिवमा, राजस्व न्यायाधीकरण, काठमाडौंका वीरेन्द्र बस्नेतलाई सचिवमा, सर्वाेच्चका प्रकाश सुवेदीलाई कोषाध्यक्षमा चयन चयन गरेको छ ।
त्यसैगरी खुला र समावेशी सदस्यतर्फ सर्वेच्चका नरेश कार्की, देवराज दाहाल, रेवतीप्रसाद पराजुली, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जकी उर्मिला भट्टराई, काभ्रेपलाञ्चोक जिल्ला अदालतकी कविता दाहाल, काठमाडौं जिल्ला अदालतका तेजबहादुर राई, मुस्ताक अहमद खान र चक्रबहादुर रसाइली सुनार चयन भएका छन् ।
प्रदेश सदस्यतर्फ कोशीबाट झापा जिल्ला अदालतका रामचन्द्र बस्नेत, मधेशबाट पर्सा जिल्ला अदालतका प्रभाकर कुमार मल्लिक, बागमतीबाट उच्च अदालत पाटनका भुपाल सुवेदी, गण्डकीबाट मनाङ जिल्ला अदालतका सञ्जिव ढकाल, लुम्बिनीबाट पाल्पा जिल्ला अदालतका रामप्रसाद पोखरेल, कर्णालीबाट सुर्खेत जिल्ला अदालतका उज्जलदेव राव र सुदूर पश्चिमबाट कैलाली जिल्ला अदालतका चेतराज पन्त चयन भएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलमान घिसिङको अडानलाई आयोगको बल, पञ्चकन्या मुद्दामा नियमन फैसलाले भन्यो, बक्यौताधारी उम्किन सक्दैनन्
-
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
-
प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै उज्यालो नेपालले संगठन विस्तार र आगामी चुनावी तयारी तीव्र बनाउने
-
डलर पीपीएमा चम्किएको खिम्ती, अहिले १ करोड ३२ लाख रुपैयाँ घाटामा
-
बुटवल पावरको नाफा पाँच वर्षमा आधाभन्दा बढी खुम्चियो, तर लगानी बढ्दै; नगद र तरलतामा दबाब
-
लक्ष्यभन्दा धेरै पछाडि राजस्व संकलन, फागुनसम्म ७ खर्ब ५२ अर्ब मात्रै उठ्यो