सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवागढी हाइड्रोपावरका ९३ जना अझै सम्पर्कविहीन, को-को छन् सूचीमा?

जलसरोकार
आइतबार, भदौ २१, २०८३ | ०८:०६:२९ बजे

काठमाडौं : रसुवागढी जलविद्युत् आयोजनाको क्षेत्रमा आएको विनाशकारी बाढीपछि कम्पनीसँग सम्बन्धित ९३ जना अझै सम्पर्कविहीन रहेको खुलेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीले भदौ २० गतेसम्मको खोज तथा उद्धार गतिविधिको विस्तृत विवरण सार्वजनिक गर्दै कम्पनीका नियमित कर्मचारी, सञ्चालक, दैनिक ज्यालादारी कामदार तथा ठेकेदार कम्पनीमा कार्यरत जनशक्ति गरी ९३ जना सम्पर्कविहीन रहेको जनाएको हो।

कम्पनीका अनुसार सम्पर्कविहीनमध्ये ५१ जना नियमित कर्मचारी, एक जना सञ्चालक, दुई जना दैनिक ज्यालादारी कामदार तथा तीन ठेकेदार कम्पनीमा कार्यरत ३९ जना कर्मचारी र कामदार छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीनहरूको सूची यसप्रकार छ :

सञ्चालक

१. सनौं औदी तामाङ — आफ्नै घर, घट्टेखोलाबाट सम्पर्कविहीन।

हेडवर्क्स क्षेत्रमा कार्यरत १६ जना

रसुवागढी सीमाक्षेत्र नजिक रहेको आयोजनाको बाँधस्थल (हेडवर्क्स) मा कार्यरत सम्पर्कविहीन कर्मचारीहरू :

१. फुपु तामाङ — चालक
२. निमा सिङ्गी तामाङ — लोडर अपरेटर
३. उमेशप्रसाद पौडेल — एक्स्काभेटर अपरेटर
४. लाक्पा दुजे तामाङ — टिपर चालक
५. निमा तामाङ — चालक
६. लाक्पा ग्याम्जो तामाङ — चालक
७. फुपु छिरिङ लामा — प्लम्बर
८. निमा ग्याम घले — जुनियर सहायक
९. निमा दिन्दुप तामाङ — चालक
१०. सारदुप तामाङ — भान्छे
११. कैसाङ तामाङ — चालक
१२. ताशी तामाङ — सुरक्षा गार्ड
१३. भजुङ तामाङ — सुरक्षा गार्ड/भान्छे
१४. राम तामाङ — चालक
१५. निमा छिरिङ तामाङ — चालक
१६. सान्दु तामाङ — इलेक्ट्रोनिक ओभरसियर

घट्टेखोला कार्यालय तथा कर्मचारी आवास क्षेत्रमा कार्यरत २१ जना

आयोजना तथा जलविद्युत् केन्द्रको कार्यालय र कर्मचारी आवास रहेको घट्टेखोला क्षेत्रमा कार्यरत सम्पर्कविहीनहरू :

१. सोनाम फिन्जो तामाङ — हेल्पर
२. छोवाङ दोर्जे तामाङ — चालक
३. सुरेन्द्र विष्ट — लेखा अधिकृत
४. दावा साङ्बो तामाङ — फिल्ड सहायक
५. निमा नुपु तामाङ — हेल्पर/भान्छे
६. राजन थापा — भान्छे
७. वेदप्रकाश नेपाल — मेकानिकल इन्जिनियर
८. ल्हाक्पा छोवाङ तामाङ — भान्छे
९. सोनाम तामाङ — मेकानिक्स
१०. सानुकान्छा तामाङ — इलेक्ट्रिकल फोरमेन
११. लिङ्तार दोर्जे घले — सुरक्षा गार्ड
१२. सौगात अधिकारी — आईटी तथा जिन्सी व्यवस्थापन अधिकृत
१३. लिम्बर नगरकोटी — जुनियर हेल्पर/गार्ड
१४. रञ्जन डंगोल — चालक
१५. निमा साङ्बो तामाङ — चालक
१६. यमबहादुर दर्लामी — सिभिल ओभरसियर
१७. सन्तोष अधिकारी — प्लान्ट म्यानेजर
१८. कृष्णबहादुर बस्याल — मेकानिकल ओभरसियर
१९. पीताम्बर श्रेष्ठ — मेकानिकल फोरमेन
२०. खगेन्द्रकुमार विश्वकर्मा — इलेक्ट्रिकल ओभरसियर
२१. ज्ञानबहादुर लोप्चन — इलेक्ट्रिकल फोरमेन

पावरहाउसको कन्ट्रोल रुममा ड्युटीमा रहेका ३ जना

लालोपानी डाँडास्थित आयोजनाको पावरहाउस परिसरको कन्ट्रोल रुममा ड्युटीमा रहेका :

१. किशोर न्यौपाने — मेकानिकल ओभरसियर
२. सन्तोष पौडेल — इलेक्ट्रिकल सब-ओभरसियर
३. छिरिङ तामाङ — सब-ओभरसियर

पावरहाउस परिसरका अन्य स्थानमा रहेका ११ जना

१. पासाङ दिन्दुप नगरकोटी — भान्छे
२. ङेरूप ग्याङगने घले — भान्छे
३. पासाङ तामाङ — चालक
४. रिक्वे ग्याल्बु घले — सुरक्षा गार्ड
५. दावा तामाङ — जुनियर हेल्पर
६. पेम्बा ल्हामु तामाङ — इलेक्ट्रिकल ओभरसियर
७. सोनाम तामाङ — मेकानिकल फोरमेन
८. फुपु दिन्डुप तामाङ — सुरक्षा गार्ड
९. समीर मालिछाने — इलेक्ट्रिकल इन्जिनियर
१०. झ्याम्पा छेसाङ तामाङ — इलेक्ट्रिकल फोरमेन
११. पासाङ लाके तामाङ — सुरक्षा गार्ड

हेडवर्क्स क्षेत्रमा कार्यरत दैनिक ज्यालादारीका २ जना

१. बलबहादुर माझी
२. भरतबहादुर माझी

ठेकेदार कम्पनीका ३९ जना

चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका ५ जना

१. ली यान बिन (Li Yann Bin)
२. उमेश माली
३. हरि प्रसाद थारु
४. पदमबहादुर घर्ती मगर
५. इन्द्रकुमार बी.के.

लामा भेनस कन्स्ट्रक्सन जेभीका ३ जना

१. तारानाथ ढकाल
२. संगल बुढा मगर
३. प्रकाश बी.के.

शेर्पा हाइड्रो प्रालिका ३१ जना

१. राजकुमार यादव
२. प्रकाश कोइराला
३. गंगा चौधरी
४. लाक्पा नुपु तामाङ
५. निरज नेपाल
६. पुष्पा नेपाल
७. सञ्जु आचार्य
८. सिताराम महतो
९. नन्दुनारायण महतो
१०. तेजबहादुर महतो
११. केबल महतो
१२. हेमबहादुर चौधरी
१३. कैला महतो
१४. शिवानी चौधरी
१५. हुसानबहादुर थारु
१६. जीवन बी.के.
१७. विशाल मुखिया
१८. विजया महतो
१९. उमेश महतो
२०. निमा लाक्पा शेर्पा
२१. सिजन चौधरी
२२. रुपा मगर
२३. अनिल चौधरी
२४. सुबोध शर्मा
२५. सन्दीप मण्डल
२६. उमेश कुमार साह
२७. चन्द्र माझी
२८. मिलन माझी
२९. भेषराज माझी
३०. मनबहादुर आलेमगर
३१. नवराज आलेमगर

कम्पनीको विवरणअनुसार बाढीपछि आयोजनाको हेडवर्क्स, घट्टेखोला कार्यालय तथा कर्मचारी आवास र लालोपानी डाँडास्थित पावरहाउस क्षेत्रबाट कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका हुन्।

विशेष गरी पावरहाउस र त्यसबाहिर रहेका व्यक्तिको खोजीका लागि छुट्टाछुट्टै प्रयास भइरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ९३ जना सम्पर्कविहीनमध्ये सबै व्यक्ति एउटै स्थानमा रहेको भन्ने अवस्था छैन। उनीहरू आयोजनाका फरक-फरक कार्यस्थलमा कार्यरत थिए। त्यसैले खोज तथा उद्धार अभियान पनि हेडवर्क्स, घट्टेखोला, पावरहाउस तथा अन्य सम्भावित स्थानमा केन्द्रित गरिएको छ।

रसुवागढी हाइड्रोपावर कम्पनीले सार्वजनिक गरेको नामावलीले एउटा महत्वपूर्ण तथ्य स्पष्ट गरेको छ— बाढीपछि सम्पर्कविहीन भएका ९३ जना सबै सुरुङभित्र मात्र फसेका व्यक्ति होइनन्। उनीहरू आयोजनाका विभिन्न संरचना, कर्मचारी आवास र कार्यस्थलमा रहेका थिए।

अब उनीहरू कहाँ छन्, कति जनाको खोजी कुन क्षेत्रमा भइरहेको छ र उद्धार टोली कुन व्यक्तिसम्म पुग्न कति नजिक छ भन्ने प्रश्न भने अझै खुल्न बाँकी छ।

प्रकाशित मिति : आइतबार, भदौ २१, २०८३ | ०८:०६:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया