निजी क्षेत्रले उत्पादन गरेको ८८ मेगावाट, सय दिनको उपलब्धि
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको सय दिनको अवधिमा निजी क्षेत्रले ८८ मेगावाटका सात आयोजनाले उत्पादन सुरु गरेका छन् । निजी क्षेत्रले बिजुली उत्पादन गरेकोलाई पनि मन्त्री खड्काले आफ्नो सय दिने अवधिको उपलब्धिको रुपमा सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काको तर्फबाट सिंचाई सचिव सरिता दवाडीले पढीबाची सुनाएको प्रेस विज्ञप्तिमा ‘निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाहरुबाट ८८ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरु सञ्चालनमा ल्याइ राष्ट्रिय प्रसारण ग्रीडमा आबद्ध गरी विद्युतु् प्रणालीलाई थप सुदृढ गरिएको,’ छ ।
उक्त अवधिमा सोलुखुम्बुको दूधकण्ड (१२ मेगावाट), म्याग्दीको निलगिरी (३८ मेगावाट), सिन्धुपाल्चोकको सेलाङ खोला (९९० किलोवाट), कास्कीको सेती नदी (२५ मेगावाट), बाग्लुङको भीम खोला (४.९६ मेगावाट), संखुवासभाको लंखुवा (५ मेगावाट) र गोरखाको अप्पर रिचेत (२ मेगावाट) उत्पादन भएको विज्ञप्तिमा छ ।
त्यसैगरी गोरखा जिल्लास्थि १२ सय मेगावाटको बूढीगण्डकी निर्माण सुरु गर्न सुपरभिजनका लागि आवश्यक पर्ने परामर्शदाता छनौटका लाागि सन्दर्भ शर्तहरु (टम्र्स अफ रेफेरेन्स), लागत अनुमान र चासोको अभिव्यक्ति (एक्सप्रेसन अफ इन्ट्रेस्ट) सम्बन्धी कागजातहरु तयार भइरहेको एवं आयोजनाको निर्माण प्रारुप टुंग्याउने प्रक्रिया प्राथमिकताका साथ अघि बढाइएको विज्ञप्तिमा छ ।
पत्रकार सम्मेलनमामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दूमार्फत ३२.४ किलोवाट बराबर क्षमताको सौर्य खानेपानी तथा सिंचाईं पम्प जडान कार्य सम्पन्न भएकोलाई पनि उपलब्धिको रुपमा जानकारी दिइयो ।
विज्ञप्तिअनुसार उक्त केन्द्रमार्फत सुस्ता गाउँपालिकामा सय किलोवाट क्षमताको सौर्य मिनी ग्रीडबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण गुूीडमा जडान गरी करिब ३ सय घरधुरीमा विद्युत् सेवा सञ्चालन कार्य सम्पन्न भएको छ ।
यसैगरी मन्त्रालयले हासिल गरेको अर्काे उपलब्धि रसुवागढी (१११ मेगावाट) र मध्य भोटेकोसी (१०२ मेगावाट) र साञ्जेन (४२.५ मेगावाट) जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याउने कार्य अन्तिम चरण रहेको उल्लेख छ । यी आयोजना निर्माण थालनी भएकै दस वर्ष बितिसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, आम्दानी घट्दा दबाब
-
पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाड र हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
-
महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधिमण्डल भेटघाटमा व्यस्त
-
म्याग्दीमा जलविद्युत्काे सम्भावना र चुनावी मुद्दा
-
महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल
-
नेपाल–कतार व्यापार सहकार्य विस्तार गर्न कतारी टोली काठमाडौं आइपुग्यो