मेवा खोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सकियो
आगामी असोजसम्म विद्युत् उत्पादनको तयारी
जलसरोकार
काठमाडौं – युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको मेवा खोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको प्रर्वद्धक कम्पनीले जानकारी दिएको छ ।
उक्त आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात् ६७.५ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्बर ३, ४ र ५ मा निर्माणाधीन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाइमा ऋण लगानी रहेको छ ।
यस आयोजनाको लागत ९ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिएकै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तिव्र गतिमा निर्माण कार्य भैरहेको कम्पनीको भनाइ छ ।
२०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कम्पनीको लक्ष्य छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्