मेवा खोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सकियो
आगामी असोजसम्म विद्युत् उत्पादनको तयारी
जलसरोकार
काठमाडौं – युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको मेवा खोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको प्रर्वद्धक कम्पनीले जानकारी दिएको छ ।
उक्त आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात् ६७.५ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्बर ३, ४ र ५ मा निर्माणाधीन मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाइमा ऋण लगानी रहेको छ ।
यस आयोजनाको लागत ९ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिएकै समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तिव्र गतिमा निर्माण कार्य भैरहेको कम्पनीको भनाइ छ ।
२०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कम्पनीको लक्ष्य छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा