विद्युतीय सवारीप्रति आर्कषण, ९ महिनामा ७ हजार आयात
१७ अर्ब ४९ करोड ४९ लाख बराबरको ७ हजार इभी आयात


काठमाडौं– नेपालमा पछिल्लो समय विद्यतीय सवारी साधन भित्रिने क्रम उल्लेख्य बढेको छ । चालू आर्थिक वर्षको ९ महिनामै ७ हजार ९३ विद्युतीय गाडी भित्रिएका छन्। गत साउनदेखि चैतसम्म सात हजार बढी विद्युतीय गाडी भित्रिएको रेकर्ड भन्सार विभागको नयाँ तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २९ सय २ वटा भित्रिएका छन्। ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ७७ वटा भित्रिएका छन् भने १०१ देखि २०० किलोवाटसम्मको ९१ वटा र २०१ माथि किलोवाट भएका २१ वटा विद्युतीय सवारी साध नेपालमा भित्रिएको छ। साउनदेखि चैतसम्म १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको छ । उक्त गाडी आयात हुँदा ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै सार्वजनिक यातायातको रुपमा प्रयोग हुने विद्युतीय माइक्रो ६९२ वटा आयात भएका छन्। जसमा ११ देखि १४ सिटे बढी भित्रिएका छन्। गत आवकाे साेही अवधिमा जम्मा ५ अर्ब ३२ करोड ५ लाख ५० हजार मूल्यको १ हजार ८ सय ७ युनिट विद्युतीय गाडी आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा साउनदेखि चैतसम्म कुल ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ ८ सयले बढ्यो, चाँदी पनि महँगियो
-
जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति
-
देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
प्राधिकरणको विद्युत् प्रणालीमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत
-
साताको पहिलो दिन सेयर बजार २७ अंकले घट्यो
-
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत् प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी