विद्युतीय सवारीप्रति आर्कषण, ९ महिनामा ७ हजार आयात
१७ अर्ब ४९ करोड ४९ लाख बराबरको ७ हजार इभी आयात
जलसरोकार
काठमाडौं– नेपालमा पछिल्लो समय विद्यतीय सवारी साधन भित्रिने क्रम उल्लेख्य बढेको छ । चालू आर्थिक वर्षको ९ महिनामै ७ हजार ९३ विद्युतीय गाडी भित्रिएका छन्। गत साउनदेखि चैतसम्म सात हजार बढी विद्युतीय गाडी भित्रिएको रेकर्ड भन्सार विभागको नयाँ तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २९ सय २ वटा भित्रिएका छन्। ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ७७ वटा भित्रिएका छन् भने १०१ देखि २०० किलोवाटसम्मको ९१ वटा र २०१ माथि किलोवाट भएका २१ वटा विद्युतीय सवारी साध नेपालमा भित्रिएको छ। साउनदेखि चैतसम्म १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको छ । उक्त गाडी आयात हुँदा ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै सार्वजनिक यातायातको रुपमा प्रयोग हुने विद्युतीय माइक्रो ६९२ वटा आयात भएका छन्। जसमा ११ देखि १४ सिटे बढी भित्रिएका छन्। गत आवकाे साेही अवधिमा जम्मा ५ अर्ब ३२ करोड ५ लाख ५० हजार मूल्यको १ हजार ८ सय ७ युनिट विद्युतीय गाडी आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा साउनदेखि चैतसम्म कुल ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी