म्याग्दीमा बिजुलीको हाइ भोल्टेज प्रवाह हुँदा ६० घरमा क्षति
जलसरोकार
काठमाडौं -म्याग्दीमा विद्युत सर्ट भएर आगलागी हुँदा भण्डै ६० घरमा क्षति पुगेको छ। घटनामा पाँच जना घाइते भएका छन्।
अन्नपूर्ण गाउँपालिका-६ घारमा हाई भोल्टेज विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हाे।
भोल्टेज विद्युत् प्रवाह हुँदा स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले बताए।
अन्नपूर्ण ६ घारका ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा टोलका घरमा क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीयका पाँचवटा कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ। करेन्ट लागेर घाइते भएका एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको छ।
नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ। केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताए।
विद्युत् सर्ट भएपछि घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी