ग्लोबल आईएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
जलसरोकार
काठमाडौं : ग्लोबल आईएमई बैंक ले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि आवश्यक अनलाइन भुक्तानी सेवामा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार नेपाली विद्यार्थीले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज शुल्क, भिसा शुल्क, बीमा शुल्क लगायत शैक्षिक प्रयोजनका अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा आधा छुट पाउनेछन् ।
यो योजना सन् २०२६ जुलाई ३१ सम्म लागू रहने बैंकले जनाएको छ। ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना ११७ शाखामार्फत उपलब्ध गराएको छ। योजना अन्तर्गत छुट र सेवा उपलब्ध हुने शाखा कार्यालयको विवरण बैंकको आधिकारिक वेबसाइटमा राखिएको छ।
ग्लोबल आईएमई बैंक ‘ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको उत्कृष्ट बैंकका रूपमा सम्मानित भइसकेको छ। साथै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा पुरस्कृत पनि भएको छ।
७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको बैंकले हाल ३५२ शाखा, ३८५ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्स्टेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायत देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता