बरुण हाइड्रोपावरका ५ लाख ९ हजार २४.२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) का ५ लाख ९ हजार २४ दशमलव २५ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।
कम्पनीले गत मंसिर २६ गते सम्पन्न २२औँ वार्षिक साधारणसभा (एजीएम) बाट आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत लाभांश पारित गरेको थियो। पारित लाभांशमध्ये ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र ० दशमलव २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरिएको थियो।
सोही निर्णयअनुसार करिब ५ करोड ९ लाख रुपैयाँ बराबरका ५ लाख ९ हजार २४.२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन्। यसका साथै करसहित करिब २६ लाख ७९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने व्यवस्था गरिएको थियो।
नेप्सेमा सूचीकृत भएसँगै उक्त बोनस शेयर अब सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा भई दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्।
समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य (एलटीपी) प्रतिकित्ता ३४५ रुपैयाँ कायम रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता