मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला जलविद्युत् निर्माण हुने
जलसरोकार
काठमाडौं - मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एलाइन्स इनर्जी सोलुसन्स प्रा.लि.ले मनाङको चामे र नासोँ गाउँपालिकामा अवस्थित स्याल्क्यु खोलामा आयोजना निर्माण गर्न लागेको हो । यो जलविद्युत् आयोजानो सम्भाव्यता अध्ययन भइसकेको छ । भने प्रारम्भिक वातावरणीय परीक्षण समेत पूरा भएको छ ।
यस आयोजनाको विद्युत् गृह बाहके सम्पूर्ण संरचनाहरु चामे गाउँपालिका–१ मा निर्माण हुनेछ । विद्युत गृह नासोँ गाउँपालिका–९ मा डानक्यु खोला र मर्स्याङदी नदीको बायाँ किनारमा पर्छ । यो आयोजनाबाट उत्पादन हुने बिजुली ५ किमी प्रसारणलाइन निर्मांण गरेर नेपाल विद्युत् प्राधिकरणको तानचोक सबस्टेसन मनाङमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।
यो आयोजनाबाट २०८५ जेठ ६ गतेदेखि व्यवसायिक उत्पादनको लक्ष्य छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो