मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला जलविद्युत् निर्माण हुने


काठमाडौं - मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एलाइन्स इनर्जी सोलुसन्स प्रा.लि.ले मनाङको चामे र नासोँ गाउँपालिकामा अवस्थित स्याल्क्यु खोलामा आयोजना निर्माण गर्न लागेको हो । यो जलविद्युत् आयोजानो सम्भाव्यता अध्ययन भइसकेको छ । भने प्रारम्भिक वातावरणीय परीक्षण समेत पूरा भएको छ ।
यस आयोजनाको विद्युत् गृह बाहके सम्पूर्ण संरचनाहरु चामे गाउँपालिका–१ मा निर्माण हुनेछ । विद्युत गृह नासोँ गाउँपालिका–९ मा डानक्यु खोला र मर्स्याङदी नदीको बायाँ किनारमा पर्छ । यो आयोजनाबाट उत्पादन हुने बिजुली ५ किमी प्रसारणलाइन निर्मांण गरेर नेपाल विद्युत् प्राधिकरणको तानचोक सबस्टेसन मनाङमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।
यो आयोजनाबाट २०८५ जेठ ६ गतेदेखि व्यवसायिक उत्पादनको लक्ष्य छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन