विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
जलसरोकार
काठमाडौं : देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका लागि ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्कअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फ रु ३२ अर्ब २२ करोड मात्र व्यय भएको थियो । यसअनुसार चालु आवको चार महिनामा अघिल्लो वर्षको तुलनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको छ ।
यसैबीच, सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय भने आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोड घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोड घाटामा थियो । शिक्षातर्फ बढ्दो वैदेशिक खर्च र सेवा खाताको घाटाले देशको बाह्य क्षेत्रमाथि थप दबाब परेको देखिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता