सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

जलसरोकार
मंगलबार, पुस ०१, २०८२ | ०९:५१:०७ बजे

 

काठमाडौं : देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका लागि ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्कअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फ रु ३२ अर्ब २२ करोड मात्र व्यय भएको थियो । यसअनुसार चालु आवको चार महिनामा अघिल्लो वर्षको तुलनामा करिब रु १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको छ ।

यसैबीच, सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई रु ६४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५५ अर्ब ४९ करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय भने आठ दशमलव एक प्रतिशतले वृद्धि भई रु १९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १७ अर्ब ७६ करोड थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद सेवा आय रु ३२ अर्ब ६८ करोड घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु २३ अर्ब एक करोड घाटामा थियो । शिक्षातर्फ बढ्दो वैदेशिक खर्च र सेवा खाताको घाटाले देशको बाह्य क्षेत्रमाथि थप दबाब परेको देखिन्छ ।

प्रकाशित मिति : मंगलबार, पुस ०१, २०८२ | ०९:५१:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया