४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सुरु
५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा, आयोजनाको लागत बढ्न सक्ने
जलसरोकार
काठमाडौं । रसुवामा निर्माण चरणकाे अन्तिममा रहेकाे ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएकाे छ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको ३६३० मिटर लामो सुरुङमा पानी भर्न सुरु गरिएको हो ।
पुस १६ गते देखि सुरुङमा पानी भर्न सुरु गरेको कम्पनीका जनाएकाे छ । कम्पनीका अनुसार निर्माण सकिएको सुरुङमा पानी भरेर परीक्षण सुरु गरेका हाे । ‘सुरुङमा पानी भर्न २ देखि ३ साता लाग्छ, पुरै सुरुङको परीक्षण पूरा गर्न डेढ महिना लाग्ने अनुमान छ ।’
आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । तर, यसअघि नै झेल्नुपरेको भूकम्प, बाढी पहिरो, नाकाबन्दी, विभिन्न सरकारी तथा गैर–सरकारी निकायबाट पाउनुपर्ने स्वीकृतिमा ढिलाइ, ठेकेदारको कार्यसम्पादनमा ढिलाइ तथा कोभिड–१९ लगायत विविध कारणले गर्दा आयोजना सम्पन्न हुने मिति लम्बिदै गएको पनि कम्पनीले जनाएको छ ।
सुरुङको परीक्षण सकिएपछि जेनेरेटरलगायत अन्य हाइड्रो तथा इलेक्ट्रोमेकानिल उपकरणको परीक्षण गरिने बताइएकाे छ । अहिले इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ । सिभिल तथा हाइड्रो मेकानिकलतर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । ९९ प्रतिशत निर्माण पूरा भएको आयोजनाको अन्तिम चरणको छुटफुट काम भइरहेको छ । आयोजनाको निर्माण तथा परीक्षण पूरा गरी फागुनभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन थाल्ने लक्ष्य आयोजनाले राखेकाे छ । त्यहाँबाट उत्पादित विद्युत् २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब–सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम भने पूरा भइसकेको छ ।
आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, निर्माणमा ढिलाई, डलरको मूल्यवृद्धि लगायतका कारणले यो आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अलपत्र जलविद्युत् आयोजनाको वर्गीकरण गरिने, आरसीओडी थप्न गर्ने सरकारको तयारी
-
घरजग्गा कारोबारबाट असारमा झण्डै १२ अर्ब राजस्व, आव २०८२/८३ कै उच्च सङ्कलन
-
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवन राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलनमा वृद्धि
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा रु १,९०० महँगियो
-
अविरल वर्षाले देशका विभिन्न राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण रूपमा अवरुद्ध