४२ मेगावाटको ‘मोदी ए’ को ठेक्का संयुक्तरूपमा नेपाली र चिनियाँ कम्पनीलाई
जलसरोकार
काठमाडौं– अप्पर मोदी–क्यास्केड अन्तर्गतका दुई जलविद्युत् आयोजनामध्ये ४२ मेगावाटको ‘मोदी ए’ ‘लट १’ को निर्माणका लागि चीनको सिचुआन सुइटान कन्ट्रक्सन कम्पनी र नेपालको हाई हिमालय जेबीले संयुक्त रुपमा ठेक्का पाएका छन्। कम्पनीले २ अर्ब ४ करोड ६८ रुपैयाँमा लागतमा कम्पनीले ठेक्का पाएको हो।
जसमा उनीहरूले ४२ मेगावाटको उक्त परियोजनामा सिभिल र मेकानिकलअन्तर्गतका काम गर्ने छन्। २०७४ मै स्वीटजरल्यान्डको परामर्शदाता कम्पनी एएफ कन्सल्टले विस्तृत डिजाइन तयार गरेको आयोजना बल्ल अगाडि बढेको हो।
अप्पर मोदी(ए ४२ (मेगावाट) र मोदी–ए १८.२ (मेगावाट) को डिजाइन उक्त कम्पनीले तयार पारेको थियो। पहिलो लटको ४२ मेगावाट अन्तर्गतको सिभिल र मेकानिकलतर्फको काम अगाडि बढाउन बल्ल कम्पनी छनोट भएको हो।
कास्की र पर्वतको बीचबाट बग्ने मोदी खोलामा आयोजना निर्माण हुनेछ। उक्त आयोजना सन् १९९७ मा पत्ता लागेको भए पनि यसको सम्भाव्यता अध्ययन सन् २००० मा सकिएको थियो। सन् २०१२ मा पुनस् त्यसमा संशोधन गरिएको थियो। सुरुमा दुवै आयोजनाको हेडवर्क्स अलग-अलग निर्माण गर्ने योजना थियो।
तर अप्पर मोदी-एबाट निस्केको पानीलाई सिधै मोदी- ए मा पठाउन सकिने देखिएपछि एउटै हेर्डवक्स निर्माण गर्ने गरी नयाँ डिजाइन तयार पारिएको थियो। अब दुबै आयोजनाको काम एकसाथ अगाडि बढ्ने छ। अर्को हेडवक्सको लागि पनि ठेक्का भएर छनोटको प्रक्रियामा रहेको छ। कास्कीको नयाँपुलबाट क्युमीसम्मको १४ किलोमिटर लामो पहुँच मार्ग निर्माण भइसकेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्