पुनर्निर्माण कोषमा २५ लाख सहयोग
जलसरोकार
काठमाडौँ : भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले मेटलाइफ नेपालले रु २५ लाख सहयोग उपलब्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत मेटलाइफ नेपालले उक्त रकम नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा गरेको हो । उक्त जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाललाई गराएका थिए ।
कोषमा योगदान पु¥याएकोमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
यसैबीच, आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु १२ करोड ३३ लाख ६५ हजार रकम जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले निजी क्षेत्र, संघसंस्था तथा दातृ निकायलाई पुनर्निर्माण र पुनरुत्थान कार्यमा सहयोग गर्न आग्रह गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता