पुनर्निर्माण कोषमा २५ लाख सहयोग
जलसरोकार
काठमाडौँ : भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले मेटलाइफ नेपालले रु २५ लाख सहयोग उपलब्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत मेटलाइफ नेपालले उक्त रकम नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा गरेको हो । उक्त जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाललाई गराएका थिए ।
कोषमा योगदान पु¥याएकोमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
यसैबीच, आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु १२ करोड ३३ लाख ६५ हजार रकम जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले निजी क्षेत्र, संघसंस्था तथा दातृ निकायलाई पुनर्निर्माण र पुनरुत्थान कार्यमा सहयोग गर्न आग्रह गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पुनर्निर्माण कोषमा २५ लाख सहयोग
-
साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंकले घट्यो, कारोबार रकम खुम्चियो
-
महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
-
रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत नहर विस्तार कार्यका लागि बोलपत्र आह्वान