लघु जलविद्युतबाट हुम्लाको सरकारी कार्यालयमा २४ सै घण्टा विद्युत
जलसरोकार
काठमाडौं–हुम्लाको खार्पूनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा संघ संस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला लघु जलविद्युत आयोजनाको विद्युत २४ घन्टा उपलब्ध गराउने गरी सेवा विस्तार गरिएको हो ।
यसअघि हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो । बुधबारदेखि २४ घन्टाका लागि विद्युत् पहुँच निरन्तर हुने गरी सेवा विस्तार गरिएको रायाखोला लघु जलविद्युत कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए । स्वास्थ्यचौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले बताए ।
विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको उनले बताए । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत् सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ ।
विद्युत् लाइन विस्तार गर्न तारको व्यवस्था उक्त कार्यालयले गरेको थियोभने प्राविधिक खर्च वडा कार्यालयले बेहोरेको थियो । वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक २ हजार रुपैयाँ विद्युत् शुल्क तोकिएको अध्यक्ष बुढाले बताए । गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
गाउँमा विद्युत् सेवा उपभोग गर्ने सेवाग्राहीलाई प्रतियुनिट १० रुपैयाँ शुल्क तोकिएको छ । २५ किलोवाट क्षमताको रायाखोला लघु जलविद्युत् आयोजनाबाट विगत ६ वर्षदेखि जिल्लाका विभिन्न भागमा विद्युत् सेवा प्रदान हुँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने