१११ मेगावाट क्षमताको रसुवागढी परीक्षणमा
निर्माण समय लम्बिँदा लागत ४ अर्ब ८० करोड बढ्यो


काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजना मातहत १२ वर्षअघि सुरु भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । २०६८ सालबाट निर्माणको सुरू गरेको आयोजनाले सम्पूर्ण निर्माण सम्पन्न पश्चात उपकरण लगायतको परीक्षण सुरु गरेको हो । आयोजनाले हाल सुरुङ तथा अन्य सिभिल, इलेक्ट्रो र हाइड्रो मेकानिकल संरचनाको परीक्षण सुरु गरेको छ ।
२०६८ कात्तिक २८ मा नेपाल प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको आयोजनाको सुरुवाती उत्पादन मिति २०७६ पुस १५ मा थियो । तर २०७२ को भूकम्पको कारण देखाएर उत्पादन मिति सार्दै आएको आयोजना बल्ल परीक्षणको चरणमा पुगेको हो ।

सबै परीक्षण सफल रहेमा चैतको अन्त्यसम्म १११ मेगावाट क्षमताको आयोजनाबाट बिजुली उत्पादन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविलाल गैरेले जानकारी दिए ।
‘रसुवागढी आयोजना सम्पूर्ण काम सकिएर हाल परीक्षणमा छौं,’ उनले भने, ‘सुरुङ लगायतको संरचनामा पानी हालेर पूर्ण परीक्षण सुरु गरेका छौं ।’
आयोजनाले गत पुष १५ देखि बाँधस्थलमा पानी भर्न सुरु गरेको छ ।
‘हामीले पुष १५ देखि बाँधस्थलमा पानी भर्न सुरु गरेको हो,’ गरैले भने,‘माघ ५ देखि सुरुङको डिसेन्डर (पानी थिग्राउने पोखरी) त्यसमा पानी भरेर परीक्षण गरेका छौं ।’ आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गर्दा हालसम्म कुनैपनि चुहावाट नभएको सिईओ गैरेको भनाइ छ । ‘सुरुङमा पानी भरेर माघ २१ मा सम्पन्न गर्यौ । मुख्य सुरुङ ४ हजार १ सय ८४. ५ मिटर लामो सुरुङमा पूर्ण रुपमा पानी भरेर सफल परीक्षण गर्दा कुनै चुहावट देखिएन’ उनले भने । आयोजनाको ३ वटा मध्ये २ वटा टर्वाइन परीक्षण पनि सफल भएको छ । बाँकी १ टर्वाइनको पनि परीक्षणको तयारीमा रहेको छ ।
सिईओ गैरेकाअनुसार आयोजनाको सिभिल स्ट्रकचरमा हालसम्म कुनै समस्या देखिएको छैन । हाइड्रो मेकानिकल गेटहरुको पूर्ण परीक्षण भइसकेको छ । आयोजनाको सबै परीक्षण चैतमा सम्पन्न हुने र प्रसारण लाइनतर्फको काम पनि पुरा भएमा वैशाखबाट बिजुली उत्पादन सुरु हुने गैरेको भनाइ छ । आयोजनाको
निर्मााण ढिलो हुँदा निर्माण अवधिको व्याज बाहेक लागत बढेर १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
आयोजनाको सुरुवाती निर्माण अवधिको व्याज बाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको थियो । निर्माण अवधि लम्बिँदै जाँदा १७ अर्ब ५६ करोड रुपैयाँ पुगेको आयोजनाको लागत अन्तिम चरणमा आइपुग्दा साढे १८ अर्ब पुगेको छ ।
भूकम्प, नाकाबन्दी र बाढीले गर्दा आयोजनाको समय थप हुँदा लागत बढ्दै गएको आयोजनाले कारण देखाउँदै आएको छ । विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी, भोटेकोसी नदीमा आएको ठूलो बाढीले क्षति पु¥याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको समय कम्पनीको भनाइ छ । रसुवागढी आयोजनाको पहिलो पटक सुरुङलगायत हाइड्रोमेकानिकल संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) गरेको हो । आयोजनाको दोस्रो लट अन्र्तगत इलेक्ट्रोमेकानिकल उपकरणको काम भारतको भ्वाइथ हाइड्रो र प्रसारण लाइनको काम नेपाली कम्पनी मुडभरी एन्ड जोशीले गर्दै आएकोमा उसले नसकेपछि ठेक्का तोडेर रोयल कन्स्ट्रक्सन पाएको थियो । रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ ।
आयोजनामा विद्युत प्राधिकरणको १८, चिलिमे जलविद्युत कम्पनी लिमिटेड ३२.७९, सर्वसाधारण १९.५, रसुवाका स्थानीयबासिन्दाको १५ र ऋणदाता संस्थाका कर्मचारीलाई १० प्रतिशत स्वामित्व रहेको छ । नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान हुनेछन्। आयोजना नेपाल–चीन सीमा नजिक गोसाइँकुण्ड गाउँपालिकामा पर्छ । आयोजनाले बिजुली बेचेर वार्षिक ३ अर्ब २५ करोड आम्दानी गर्नेछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच