भरतपुरमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा, छ महिनाभित्र सक्ने लक्ष्य
जलसरोकार
चितवन : चितवनमा सुरु गरिएको भूमिगत विद्युतीकरण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले छठपश्चात् बाँकी कामलाई तीव्रता दिने तयारी गरेको छ ।
आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार, हाल ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको छ र पाइप जडान, डिभाइस जडान, फाउण्डेसन निर्माणलगायत कार्य ७५ प्रतिशत पूरा भइसकेका छन् । “ठेकेदार कम्पनीले छठपछि काममा तीव्रता दिए भरतपुरको भूमिगत विद्युतीकरण छ महिनाभित्र सकिने उनले बताए ।
भरतपुर र पोखरामा सँगसँगै अगाडि बढाइएको यो आयोजनाको काम सक्न म्याद सन् २०२६ जुलाईसम्म थप गरिएको छ । हाल पोखरामा ६० प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ ।
केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभीए लाइन मात्र भूमिगत गर्ने योजना भए पनि अहिले थप गरी ११ केभीए र ४०० भोल्ट लाइन पनि भूमिगत गर्न थालिएको छ ।
आयोजनाका अनुसार भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगत लाइन जडानका लागि करिब रु १ अर्ब ४० करोड लागत अनुमान गरिएको छ। सुरुमा रु १ अर्ब ३० करोड बजेट विनियोजन गरिएको थियो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको हो। सन् २०२१ अक्टोबरमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको थियो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको म्याद सन् २०२४ जनवरी २० मा सकिए पनि काम ढिलो भएपछि पटक–पटक म्याद थपिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह