जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

यस्तो छ कोशी प्रदेशका १० जिल्लाको विद्युतीकरण अवस्था

जलसरोकार
बुधबार, भदौ १९, २०८१ | १२:४६:३९ बजे

काठमाडौं : कोसी प्रदेशका १४ जिल्लामध्ये १० वटा जिल्ला शतप्रतिशत विद्युतीकरणउन्मुख भएको छ । चार जिल्लामा पूर्ण विद्युतीकृत भइसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणको कोशी प्रादेशिक कार्यालयका प्रमुख उमेशकुमार झाका अनुसार आगामी आर्थिक वर्षसम्ममा कोशी प्रदेशका सबै जिल्लामा शतप्रतिशत विद्युतीकरण हुने गरी आयोजनाहरु सञ्चालन गरिएका छन् । जिल्लागत हिसाबले विद्युतीकरणको अवस्थाबारे जलसरोकारले तयार गरेको यो रिपोर्ट :
ताप्लेजुङ


ताप्लेजुङमा ९७.५३ प्रतिशत विद्युतीकरण भएको छ । 
ताप्लेजुङका ९ वटा स्थानीय तहमध्ये फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका मात्र शत प्रतिशत विद्युतीकृत भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिकमा ९६.१ प्रतिशत विद्युतीकरण भइसकेको छ ।
त्यसैगरी ताप्लेजुङकै फाक्थुङलुङ गाउँपालिकमा ९३.९६ प्रतिशत, मिक्काखोला गाउँपालिकामा ९५.०६ प्रतिशत, मेरिङदेन गाउँपालिकामा ९७.०२, माइखोला गाउँपालिकामा ९६.०२, पाथीभरा याङवरक गाउापालिकामा ९८.४६ र सिरीजङ्घा गाउँपालिकामा ९५.७० प्रतिशत विद्युतीकरण भएको छ ।
ताप्लेजुङ जिल्लामा आव २०८०÷८१ सम्म कुल घरधुरी २७ हजार पाँच सय २ रहेको छ ।

 
पाँचथर


कोशी प्रदेशकै पाँचथर जिल्लामा आठमध्ये तीनवटा स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण हुन बाँकी छ । शत प्रतिशत विद्युतीकरण भएका स्थानीय तहहरुमा फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिका, कुम्याएक गाउँपालिका,  र फाल्गुनानन्द गाउँपलिका छन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९९.३२ प्रतिशत, फालेलुङ गाउँपालिकमा ९९, तुम्बेवा गाउँपालिकमा ९९.७९ र याङवरक गाउँपालिकामा ९९.७० प्रतिशत विद्युतीकरण भएको छ । 
फिदिममा ४१ हजार पाँच सय ९० घरधुरी छन् । 


इलाम
 

कुल ७० हजार ६१ घरधुरी रहेको इलाम तीनवटा स्थानीय तहमा मात्रै पूर्ण विद्युतीकरण भएको छ । शत प्रतिशत विद्युतीकरण भएका स्थानीय तहहरुमा इलाम नगरपालिका, सूर्याेदय नगरपालिका र माङसेबुङ गाउँपालिका छन् ।
इलामको देउमाउ नगरपालिकमा ९९.७७, माइ नगरपालिकमा ९९.२२, फाकफोकथुम गाउँपालिकामा ९९.५, चुलाचुली गाउँपालिकामा ९९.८६, माइ जोगमाइ गाउँपालिकामा ९९.३२, रोङ गाउँपालिकामा ९८.९७ प्रतिशत र सन्दकपुर गाउँपालिकामा ९९.३० प्रतिशत विद्युतीकरण भएको छ । 
इलाममा प्राधिकरणका ग्राहक गत वर्ष २०८०÷८१ मा ५३ हजार ९ सय ४३ थिए । इलाममा विद्युत् चुहावट १८.८२ प्रतिशत छ । 


तेह्रथुम


यो जिल्लामा ९९.९५ प्रतिशत विद्युतीकरण भएको छ । कुल घरधुरी २१ हजार ३ सय ७३ रहेको तेह्रथुम ६ वटा स्थानीय तह छन् । तीमध्ये आठराई गाउँपालिका र फेदाप गाउँपलिकामा मात्र शत प्रतिशत विद्युतीकरण भएको छैन । आठराई गाउँपालिकामा ालसम्म ९९.८२ प्रतिशत र फेदापमा ९९.९४ प्रतिशत विद्युतीकरण भएको छ ।
शत प्रतिशत विद्युतीकरण भएका स्थानीय तहहरुमा म्यागलुङ नगरपालिकामा, लालिगुराँस नगरपालिका, छथर गाउँपालिका र मेन्छयायम गाउँपालिका छन् । 
तेह्रथुम को विद्युत् वितरण चुहावट भने १४.५४ प्रतिशत छ । गत आर्थिक वर्ष २०८०÷८१ मा तेह्रथुममा विद्युत् प्राधिकरणका ग्राहक १९ हजार पाँच सय थिए । 


संखुवासभा
 

संखुवासभामा ९३.९९ प्रतिशत विद्युतीकरण भएको छ । कुल ३८ हजार ९ सय ९९ घरधुरी रहेको संखुवासभाका १० स्थानीय तहमध्ये शतप्रतिशत विद्युतीकृत भएका तीन नगरपालिकामा मात्र छन् । यसमा धर्मदेवी नगरपालिका, खाँदबारी नगरपालिका र मादी नगरपालिका छन् ।
चैनपुर नगरपालिकामा ९९.७६ प्रतिशत, पाँचखपन नगरपालिकामा ९५.७४ प्रतिशत, भोटखोला गाउँपालिकामा ७५.०६ प्रतिशत, चिचिला गाउँपालिकामा ९५.९४ प्रतिशत, मकालु गाउँपालिामा ७०.९४ प्रतिशत, सभापोखरी गाउँपालिकामा ९०.९५ प्रतिशत र सिलीचोङ गाउँपालिकामा ९३ प्रतिशत विद्युतीकरण भएको छ । 


भोजपुर
 

कुल घरधुरी ३७ हजार ५ सय ४१ रहेको भोजपुरको विद्युतीकरण ९८.५५ प्रतिशत पुगेको छ । नौवटा स्थानीय तह रहेको भोजपुरमा भोजपुर नगरपालिका र अरुण गाउँपालिका मात्र शत प्रतिशत विद्युतीकृत भएका छन् । 
सदानन्द नगरपालिकामा ९९.७७, हतुवागढी गाउँपालिकामा ९७.१५, रामप्रसाद राई गाउँपालिकमा ९९.१८, आमचोक गाउँपालिकामा ८९.३९, टेम्केमैयुङ गाउँपालिकामा ९९.८४, पौवादुङमा गाउँपालिकमा ९९.०२ र साल्पासिलिछो गाउँमालिकमा ९९.५१ प्रतिशत विद्युतीकरण भएको छ । 
भोजपुरमा प्राधिकरणका ग्राहक २४ हजार ७ सय ९१ छन् । भोजपुरको वितरण चुहावट भने १३.६७ प्रतिशत छ । 


सोलुखुम्बु
 

सोलुखुम्बु जिल्लाभरको विद्युतीकरण ८९.०४ प्रतिशत छ । आठवटा स्थानीय तह रहेको सोलुखुम्बुमा कुनै पनि स्थानीय तह शत प्रतिशत विद्युतीकरण भएका छैनन् । 
सोलुखुम्बु नगरपालिकमा ९९.५२ प्रतिशत, थुलुङ दूधकोशी गाउँपालिकमा ९८ प्रतिशत, नेचा सल्याउन गाउँपालिकमा ९८.०४ प्रतिशत माप्पे दूधकोशी गाउँपालिकमा ९३.८७ प्रतिशत विद्युतीकरण भएको छ ।
यसैगरी महाकुलुङ गाउँपालिकामा ९८.२९, सोताङ गाउँपालिकामा ८८.४१ प्रतिशत, लिखु पिके गाउँपालिकामा ९२ प्रतिशत र खुम्बु पासाङल्हामु गाउँपालिकामा १५.३८ प्रतिशत विद्युतीकरण भएको छ । सोलुखुम्बुमा २५ हवार ५ सय १९ घरधुरी छन् । 


ओखलढुंगा
 

ओखलढुंगाका कुल ८ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकामा मात्र शत प्रतिशत विद्युतीकरण भएको छ । ओखलढुंगाभरि ९८.१७ प्रतिशत विद्यतुीकरण भएको छ । 
कुल घरधुरी ३३ हजार ९ सय २५ रहेको ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा ९६.२५, सुनकोशी गाउँपालिकमा ९९.८०, मोलुङ गाउँपालिकामा ९६ प्रतिशत, चिशंखुगढी गाउँपालिकमा ९९.८८ प्रतिशत, खिजी डेम्पा गाउापालिकामा ९३.५८ प्रतिशत र लिखु गाउँपालिकामा ९७.५ प्रतिशत विद्युतीकरण भएको छ । 


खोटाङ
 

खोटाङ जिल्लाको कुल विद्युतीकरण ९७.३० प्रतिशत पुगेको छ । कुल ३९ हजार ८ सय ६० घरधुरी रहेको खोटाङमा शतप्रतिशत विद्युतीकरण भएको एकमात्र स्थानीय तह हो रुपाकोट मजुवागढी नगरपालिका हो । बाँकी ९ वटा स्थानीय तहमा शत प्रतिशत विद्युतीकरण हुन हुन लागेको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा ९७.३२ प्रतिशत, खोटेहाङ गाउँपालिकमा ९८.९० प्रतिशत, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ९८.१२ प्रतिशत, ऐसेलुखर्क गाउँपालिकामा ८९.९७ प्रतिशत, जाँतेढुंगा गाउँपालिकामा ९६.३१ प्रतिशत, केपिलासगढी गाउापालिकामा ९६.३१ प्रतिशत, बराहपोखरी गाउँपालिकामा ९१.४८ प्रतिशत, लामिडाँडा गाउँपालिकामा ९७.७६ प्रतिशत र सकेला गाउँपालिकामा ९८.५९ प्रतिशत विद्युतीकरण भएको छ । 


उदयपुर
 

उदयपुर जिल्लाको कुल विद्युतीकरण ९९.९१ प्रतिशत छ । कुल ८२ हजार ३ सय ३६ घरधुरी रहेको उदयपुरका तीनवटा स्थानीय तहमा शत प्रतिशत विद्युतीकरण भइसकेको छ । त्रियुगा नगरपालिका, कटारी ननगरपालिका र लिम्चुङबुङ गाउँपालिका पूर्ण विद्युतीकृत भएका स्थानीय तह हुन् ।।
कुल आठमध्ये पाँचवटा स्थानीय तह पनि शत प्रतिशतको हाराहारीमा पुग्न लागेका छन् । चौदण्डीगढी नगरपालिकामा ९९.९१ प्रतिशत, बेलका नगरपालिकामा ९९.८५ प्रतिशत, उदयपुरगढी गाउँपालिकामा ९९.६५ प्रतिशत, रौतामाई गाउँपालिकामा ९ढ.७५, तपिल गाउँपालिकामा ९९.८० प्रतिशत विद्युतीकरण भएको छ । 
 

प्रकाशित मिति : बुधबार, भदौ १९, २०८१ | १२:४६:३९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया