यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय ( सूचिसहित)
जलसरोकार
काठमाडौं : सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ। बैठकले वातावरण संरक्षण, सुरक्षा निकाय, प्रशासनिक अध्ययन तथा भूमि व्यवस्थापनसँग सम्बन्धित निर्णयहरू गरेको सरकारका प्रवक्ताले जनाएका छन्।
मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू यस प्रकार छन्
१. ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी United Nations Environment Programme अन्तर्गतको मन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने।
२. सशस्त्र प्रहरी बलका डीआईजी अञ्जनीकुमार पोखरेल लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने।
३. २०८० साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घटेका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गरी सिफारिस गर्न बनेको अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने।
४. भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला (कास्की) लाई नियुक्त गर्ने तथा सदस्यमा अमीरप्रसाद न्यौपाने (काठमाडौं), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारले यी निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा भ्याट लागू, तर कार्यान्वयनमै अन्योल : प्राधिकरणले राजस्व विभागसँग माग्यो दुई विषयमा स्पष्टता
-
झ्याप्प-झ्याप्प बत्तीको गुनासोपछि प्राधिकरणको उच्च नेतृत्व पूर्वी नेपालमा
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म