भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत
जलसरोकार
चितवन,: भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम केन्द्रीय बस ट्रमिनलबाट टिकौलीसम्मको बाहेक अन्यत्रको भूमिगत गर्ने काम सम्पन्न भएकोे जनाएको छ ।
आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रर्मिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । ती क्षेत्रमा स्थानीयको घरमा जडानको काम बाँकी रहेको उनले जानकारी दिए ।
बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रर्मिनलसम्मको सडकमा दाँहिनपट्टी भूमिगतको काम सम्पन्न भएको छभने देब्रेपट्टी भूमिगत गर्ने काम बाँकी छ । उनले भने, “फाउण्डेसन राख्ने काम सकिएको छ । केही ठाउँमा मुख्य लाइन जडान बाँकी छ । ३३ केभी जडानको काम सकिएको छभने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ ।”
पारस बसपार्कबाट गोन्द्राङ्तर्फको कामका लागि सडक विभागसँग अनुमति लिने प्रक्रिया भइरहेको इञ्जिनीयर सुवेदीले जानकारी दिए । उनले भने,“वर्षाको समयमा फाउण्डेसन निर्माणमा कठिनाइ हुने भएकाले केही समय ढिला हुने देखिएको छ ।” खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षापछि त्यस क्षेत्रको काम सुरु गरिने उनले बताए । सडक विभागबाट अनुमति आएसँगै काम अघि बढाइने उनले जानकारी दिए ।
केन्द्रीय बस ट्रर्मिनलबाट गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उनको भनाइ छ ।
पछिल्लो सम्झौता अनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिने उनले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको सुवेदीले बताए । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा