मंगलबार सेयर बजार २७ सयमुनि झर्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो ।
बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो ।
८६ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो भने ५ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटे । सो सेक्टर ०.११ प्रतिशत बढ्यो ।
घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशत घट्यो ।
मिथिला लघुवित्त तथा हिमालयन पावर पार्टनरको मूल्य ९.९ प्रतिशत बढ्यो । अपरसोलु हाइड्रो इलेक्ट्रिकको ७.७, भूगोल इनर्जीको ७.२, पाँचथर पावरको ४.१ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै सामुदायिक लघुवित्तको मूल्य ८.२, राप्ती हाइड्रोको ७.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी-मरिण प्रकरण : ठेक्कामा हस्तक्षेप, उच्च सरकारी अधिकारीको पक्राउ र प्रधानमन्त्रीको सचिवालयको अधिकारमाथि गम्भीर प्रश्न
-
हिमाल जोगाउने नेपालको प्रस्तावलाई ५३ देशको समर्थन
-
काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने, भूमिगत लाइन बिछ्याउन प्राधिकरणको काम
-
पश्चिमी र मध्य पहाडी क्षेत्रमा वर्षाको सम्भावना, हिमाली जिल्लामा सतर्कता अपनाउन आग्रह
-
जलविद्युत् सेयरमा कसको दबदबा ? कारोबारदेखि मूल्यवृद्धिसम्म पाँच कम्पनी चर्चामा
-
नेप्से ३१.५४ अंकले बढ्यो, कारोबार ८ अर्ब ५७ करोड