मंगलबार सेयर बजार २७ सयमुनि झर्यो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो ।
बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो ।
८६ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो भने ५ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटे । सो सेक्टर ०.११ प्रतिशत बढ्यो ।
घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशत घट्यो ।
मिथिला लघुवित्त तथा हिमालयन पावर पार्टनरको मूल्य ९.९ प्रतिशत बढ्यो । अपरसोलु हाइड्रो इलेक्ट्रिकको ७.७, भूगोल इनर्जीको ७.२, पाँचथर पावरको ४.१ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै सामुदायिक लघुवित्तको मूल्य ८.२, राप्ती हाइड्रोको ७.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य