उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको बाटो खुल्यो
जलसरोकार
बाँके: उच्च अदालतको फैसलापछि बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा सहजता आएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र ४ नम्बर वडाको बानियाँभार क्षेत्रमा लाइन विस्तारका क्रममा उत्पन्न विवाद अब समाप्त भएको छ । अदालतको निर्णयले अवरोध हटेपछि प्रसारण लाइन विस्तार कार्य पुनः तीव्र भएको हो ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाका प्रमुख रवि चौधरीले काम आगामी छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको जानकारी दिनुभयो। यसबीचमा वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना क्षेत्रमा पनि विवाद समाधान भएको छ ।
हालसम्म ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको आयोजनामा ७० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजनाअन्तर्गत रूख कटान कार्य तीव्रगतिमा भइरहेको छ। हालसम्म ५ हजार रूख काटिएको छ भने अझै ५ हजार ५ सय काट्नुपर्नेछ ।
चौधरीका अनुसार हालसम्म १५६ वटा फाउन्डेसन निर्माण भइसकेको छ भने अब ६ वटा मात्र बाँकी छन्। त्यस्तै, कुल प्रसारण दूरीमध्ये ४० किलोमिटरमा तार तानिएको छ भने १२ किलोमिटरमा अझै तार तान्न बाँकी रहेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ