उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको बाटो खुल्यो
जलसरोकार
बाँके: उच्च अदालतको फैसलापछि बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा सहजता आएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र ४ नम्बर वडाको बानियाँभार क्षेत्रमा लाइन विस्तारका क्रममा उत्पन्न विवाद अब समाप्त भएको छ । अदालतको निर्णयले अवरोध हटेपछि प्रसारण लाइन विस्तार कार्य पुनः तीव्र भएको हो ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजनाका प्रमुख रवि चौधरीले काम आगामी छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको जानकारी दिनुभयो। यसबीचमा वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना क्षेत्रमा पनि विवाद समाधान भएको छ ।
हालसम्म ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको आयोजनामा ७० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजनाअन्तर्गत रूख कटान कार्य तीव्रगतिमा भइरहेको छ। हालसम्म ५ हजार रूख काटिएको छ भने अझै ५ हजार ५ सय काट्नुपर्नेछ ।
चौधरीका अनुसार हालसम्म १५६ वटा फाउन्डेसन निर्माण भइसकेको छ भने अब ६ वटा मात्र बाँकी छन्। त्यस्तै, कुल प्रसारण दूरीमध्ये ४० किलोमिटरमा तार तानिएको छ भने १२ किलोमिटरमा अझै तार तान्न बाँकी रहेको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तराईका केही जिल्लामा हुस्सु-कुहिरोको चेतावनी, पहाड-हिमालमा खास जोखिम छैन
-
नदीहरूमा बहाव मौसमी औसतभन्दा तल, जलविद्युत् उत्पादन हिउँदे न्यूनतमतर्फ
-
आज देशभर मौसम शान्त, तर तराईमा हुस्सु; नदीनालामा जलप्रवाह सामान्य
-
ऊर्जा उत्पादन बढाएर समृद्ध नेपाल बनाइन्छ : अध्यक्ष घिसिङ
-
सामाजिक सञ्जालको प्रयोग गर्दा मर्यादा अपनाउनुहाेस् : विद्युत प्राधिकरण
-
भाषण गर्ने होइन, काम गर्न सक्ने नेतृत्वलाई जिताएर एक पटक मौका दिनुहोस् : अध्यक्ष घिसिङ