रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
जलसरोकार
कालीकोट: कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।
केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए । “प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन, कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ ।”
रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?