तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि निरन्तर ओरालोमा
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ। आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घट्दा चाँदी पनि एकैदिन १ सय रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसयता मूल्यमा आएको गिरावटसँगै सुन तोलामा १४ हजार १ सय रुपैयाँले सस्तिएको छ। तिहारअघि गत सोमबार कायम भएको मूल्यपछि शुक्रबार मात्रै बजारमा मूल्य समायोजन गरिएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। शुक्रबार प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ सय रुपैयाँ घटेर ३ हजार ६ सय रुपैयाँमा झरेको छ।
तिहारयता चाँदीको मूल्य प्रतितोला २ सय ५५ रुपैयाँले घटिसकेको छ। गत सोमबार प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य अहिले ३ हजार ६ सय रुपैयाँमा सीमित भएको छ।
यसरी तिहारपछि नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीले प्रसारण हब बगाएपछि साञ्जेन डेढ महिनामै ७ करोड ७१ लाख घाटामा
-
अपर तामाकोशीको पहिलो त्रैमासिक नाफा १६५ करोड, ऋण ६६ अर्बभन्दा बढी
-
तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि निरन्तर ओरालोमा
-
साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, ब्याज खर्च ३० प्रतिशत घट्यो
-
बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईलाई नेपालको प्रस्ताव
-
पश्चिमी वायुको प्रभाव बढ्दै, तीन प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा-हिमपातको सम्भावना