हुम्लाको सिमकोट चार दिनदेखि अन्धकारमा
जलसरोकार
सिमकोट: हुम्लाको सदरमुकाम सिमकोटमा चार दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । जिल्लाको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा आएको खराबी तत्काल मर्मत हुन नसक्दा सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति रोकिएको हो ।
अन्य स्रोत नहुँदा सरकारी कार्यालय, सञ्चारकर्मी र स्थानीय बासिन्दा सबै विद्युत्को अभावमा समस्या भोगिरहेका छन् । केही कार्यालयमा सोलारको व्यवस्था भए पनि हिउँदको समयमा घाम नपरेको कारण मोबाइल र ल्यापटप चार्ज गर्न समेत कठिनाइ भइरहेको छ । सञ्चारकर्मी नरजङ तामाङले भने, “मोबाइल र ल्यापटप चार्ज गर्न नसक्दा समाचार सङ्कलन र सम्प्रेषणमा समेत समस्या आएको छ ।”
हिल्दुम वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले विद्युत्गृह र अन्य संरचनामा मर्मत कार्य आवश्यक भएकाले आपूर्ति रोकिएको बताए ।
उक्त मर्मत कार्य शनिबारसम्म सकेर विद्युत् आपूर्ति पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ । त्यस्तै, मुहानदेखि फर्बेससम्मको नहरमा पानी चुहिने स्थानको मर्मत पनि सम्पन्न भइसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन विद्यमान कानुन नै पर्याप्त : सरोकारवाला
-
कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह
-
अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
-
प्राधिकरण केन्द्रित विद्युत् बजारलाई खुला र प्रतिस्पर्धात्मक बनाउँदै आयोग
-
बिजुलीमा लगाइएको भ्याट खारेज गर्न प्राधिकरणका कर्मचारी संगठनहरुको माग
-
अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध