शिवम् सिमेन्टले विद्युत प्रिमियम महसुलको पहिलो किस्ता बुझायो, काटिएकाे लाइन पुनः जडान
जलसरोकार
हेटौँडा : मकवानपुरको हेटौँडामा सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरिएको विद्युत् प्रिमियम महसुलको बक्यौता तिर्न सुरु गरेको छ ।
आयोजनाका अनुसार कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको प्रिमियम महसुल पहिलो किस्ता बुझाएको हो। पहिलो किस्ता बुझाएपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत् लाइन सोमबार पुनः जडान गरिएको हो ।
शिवम् सिमेन्टको कुल ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेको छ । उक्त रकमलाई २८ किस्तामा विभाजन गरी तिर्न सहमति गरिएको हो। कम्पनीले हालसम्म २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छ ।
शिवम् सिमेन्टले औद्योगिक उत्पादन नरोकिने गरी बाँकी किस्ताहरू पनि तोकिएको समयमा बुझाउँदै जाने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग