पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने
जलसरोकार
पोखरा, : पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा बसबार स्तरोन्नति कार्य सुरु भएपछि अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रले जानकारी दिएको छ ।
पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार, “कुँडहर सबस्टेशनको १३२ केभी बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य सुरु भएको छ । यसबाट सबस्टेशनबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । तोकिएको समयभन्दा पहिले मर्मत कार्य सकिए केही क्षेत्रमा बिजुली छिटो पनि आउन सक्छ ।”
विद्युत् कटौतीको क्षेत्रमा विजयपुरदेखि हरिचोकसम्मको बजार क्षेत्र पर्नेछ । सबस्टेशनको मर्मत सकिएपछि नियमित विद्युत् आपूर्ति पुनः सुरु हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तामाकोशी-५ मा पाँच स्थानबाट एकैसाथ सुरुङ उत्खनन, ७८४ मिटर हेडरेस सुरुङ निर्माण
-
पञ्चेश्वर : मेगावाटको मोह कि राष्ट्रिय हित?
-
विद्युत् महसुल अब लागत, ऊर्जा खपत र समयको आधारमा निर्धारण हुने
-
श्वेत गंगा हाइड्रोपावरको नाफामा उल्लेख्य छलाङ, खुद नाफा १७ करोड ७३ लाख रुपैयाँ
-
माथिल्लो मैलुङ खोला जलविद्युत घाटाबाट नाफामा, खुद नाफा ११ करोड १२ लाख रुपैयाँ
-
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह