पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने
जलसरोकार
पोखरा, : पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा बसबार स्तरोन्नति कार्य सुरु भएपछि अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रले जानकारी दिएको छ ।
पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार, “कुँडहर सबस्टेशनको १३२ केभी बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य सुरु भएको छ । यसबाट सबस्टेशनबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । तोकिएको समयभन्दा पहिले मर्मत कार्य सकिए केही क्षेत्रमा बिजुली छिटो पनि आउन सक्छ ।”
विद्युत् कटौतीको क्षेत्रमा विजयपुरदेखि हरिचोकसम्मको बजार क्षेत्र पर्नेछ । सबस्टेशनको मर्मत सकिएपछि नियमित विद्युत् आपूर्ति पुनः सुरु हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य आफैले प्राधिकरण बोर्डमा लगेका थिए भारतबाट प्रतियुनिट ६.७४ भारुमा किन्ने प्रस्ताव, तर आफैले निर्णय नगरेको खुलासा (प्रमाणसहित)
-
पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने
-
अघि बढ्यो नयाँ बुटवल–लमही ४०० केभी प्रसारण लाइन आयोजनाको काम, वातावरणीय अध्ययन प्रतिवेदनबारे सार्वजनिक सूचना
-
नेपाल विद्युत् प्राधिकरणमा २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुला
-
पश्चिमी वायुको प्रभाव कायमै, तराईमा हुस्सु र कुहिरोको सम्भावना
-
पुनर्निर्माण कोषमा २५ लाख सहयोग