तीन दिनदेखि विद्युत् आपूर्ति बन्द
जलसरोकार
चितवन : चितवनको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा गत शनिबार बिहान २ बजेदेखि माडी अन्धकारमा डुबेको हो ।
विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको दुई स्थानमा समस्या देखिएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण रिउखोला नजिक राखिएको भूमिगत लाइनमा पानी जम्दा प्रसारणमा अवरोध आएको उनले जानकारी दिए ।
त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत तार सडक चौडा गर्ने क्रममा उपकरणले ठक्कर दिएपछि पनि समस्या थपिएको श्रेष्ठले बताए । उनका अनुसार दुवै स्थानको समस्या समाधान गर्ने काम तीव्र गतिमा भइरहेको छ र आज साँझसम्ममा विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
माडी नगरपालिकामा करिब १२ हजार विद्युत् ग्राहक रहेका छन् । लामो समयदेखि आपूर्ति अवरुद्ध हुँदा स्थानीयवासीले ठूलो असुविधा भोगिरहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स