तीन दिनदेखि विद्युत् आपूर्ति बन्द
जलसरोकार
चितवन : चितवनको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा गत शनिबार बिहान २ बजेदेखि माडी अन्धकारमा डुबेको हो ।
विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको दुई स्थानमा समस्या देखिएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण रिउखोला नजिक राखिएको भूमिगत लाइनमा पानी जम्दा प्रसारणमा अवरोध आएको उनले जानकारी दिए ।
त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत तार सडक चौडा गर्ने क्रममा उपकरणले ठक्कर दिएपछि पनि समस्या थपिएको श्रेष्ठले बताए । उनका अनुसार दुवै स्थानको समस्या समाधान गर्ने काम तीव्र गतिमा भइरहेको छ र आज साँझसम्ममा विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
माडी नगरपालिकामा करिब १२ हजार विद्युत् ग्राहक रहेका छन् । लामो समयदेखि आपूर्ति अवरुद्ध हुँदा स्थानीयवासीले ठूलो असुविधा भोगिरहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली
-
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
-
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
-
तिला जलविद्युत्काे बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने