हावाहुरीका कारण कर्णालीमा विद्युत सेवा अवरुद्व
जलसरोकार
सुर्खेत ः हावाहुरीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ । बुधबार राति आएको हावाहुरी र चट्याङले रुख ढाल्दा विद्युत् सेवा अवरुद्व भएको हो ।
हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र संचालनमा आएको छ । त्यसयताको बाँकी लाइन मर्मतका लागि प्राविधिक टोली खटिएको प्राधिकरणको सुर्खेत वितरण कार्यालयले जनाएको छ ।
धेरै ठाउँहरुमा रुख ढलेको र पोलहरु ढलेकोले विद्युत सेवा संचालन हुन समय लाग्ने बताइएको छ । पश्चिम सुर्खेतको लाइन भने कहाँ क्षति भएको छ भन्ने नै पत्ता नलागेकोले खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ ।
यी दुई लाइनबाट कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुगेको छ । उक्त लाइन अबरुद्ध हुँदा कर्णालीका १० वटै जिल्लाहरु प्रभावित भएका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आगामी २४ घण्टामा देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना
-
ऊर्जा मन्त्री घिसिङ मन्त्रालय र प्राधिकरणका टोलीसहित आफै पुगे भार प्रेषण केन्द्र
-
ट्रंक तथा डेडिकेटेडकाे बक्यौता नतिर्ने उद्योगहरुकाे लाइन काट्न सुरु
-
लक्ष्मी पूजाको साँझ विद्युत्को उच्चतम खपत १६५० मेगावाट
-
आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली
-
पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग