हावाहुरीका कारण कर्णालीमा विद्युत सेवा अवरुद्व
जलसरोकार
सुर्खेत ः हावाहुरीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ । बुधबार राति आएको हावाहुरी र चट्याङले रुख ढाल्दा विद्युत् सेवा अवरुद्व भएको हो ।
हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र संचालनमा आएको छ । त्यसयताको बाँकी लाइन मर्मतका लागि प्राविधिक टोली खटिएको प्राधिकरणको सुर्खेत वितरण कार्यालयले जनाएको छ ।
धेरै ठाउँहरुमा रुख ढलेको र पोलहरु ढलेकोले विद्युत सेवा संचालन हुन समय लाग्ने बताइएको छ । पश्चिम सुर्खेतको लाइन भने कहाँ क्षति भएको छ भन्ने नै पत्ता नलागेकोले खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ ।
यी दुई लाइनबाट कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुगेको छ । उक्त लाइन अबरुद्ध हुँदा कर्णालीका १० वटै जिल्लाहरु प्रभावित भएका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी