तनहुँका भूमि प्रशासन र नापी सेवामा सुधार गर्न सांसद न्यौपानेको माग
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले तनहुँ जिल्लास्थित भूमि प्रशासन कार्यालय र नापी कार्यालयबाट प्रदान हुने सेवाहरूलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसँग आग्रह गरेका छन् ।
मन्त्री रावलसँग विहिबार भएको भेटवार्ताका क्रममा सांसद न्यौपानेले सेवाग्राहीमैत्री र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न मन्त्रालयस्तरबाट आवश्यक पहल गर्न अनुरोध गरेका हुन् ।
भेटका क्रममा गुठी जग्गाको व्यवस्थित व्यवस्थापन तथा बस्ती विकास भइसकेका सार्वजनिक जग्गासम्बन्धी कानुनी जटिलताको समाधानबारे पनि छलफल भएको थियो। गुठी ऐन तथा बस्ती विकास ऐनमार्फत यस्ता समस्याको दीर्घकालीन समाधान खोज्ने विषयमा सकारात्मक संवाद भएको सांसद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र कानुन मन्त्रालयबीच आपसी समन्वय तथा छलफलमार्फत सम्बन्धित विषयहरूको स्थायी समाधान खोज्न सहमति जुट्ने दिशामा सकारात्मक वातावरण बनेको छ।
भेटमा तनहुँ जिल्लाका भूमिहीन सुकुम्वासी तथा दलित परिवारलाई लालपुर्जा वितरण गर्ने विषय पनि उठाइएको उनकाे सचिवालयले जानकारी दिएकाे छ । मन्त्री रावलबाट प्राप्त जानकारीअनुसार जिल्लाका भूमिहीन सुकुम्वासी र दलितलाई यही श्रावण महिनाको अन्तिम सातादेखि लालपुर्जा वितरण कार्य प्रारम्भ गरिने तयारी गरिएको छ।
सांसद न्यौपानेले भूमि व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण तथा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न सरकारको सक्रिय पहल आवश्यक रहेकोमा जोड दिएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आयातको बाढी, निर्यातको सुस्त गति : १७ खर्ब ८१ अर्बको व्यापार घाटाले अर्थतन्त्रमा दबाब
-
तनहुँका भूमि प्रशासन र नापी सेवामा सुधार गर्न सांसद न्यौपानेको माग
-
अर्थमन्त्री वाग्लेबाट आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य पूरा गर्न निर्देशन
-
नेप्से १४.१७ अंकले बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ६९ करोडमा सीमित
-
खुला प्रतिस्पर्धाबाट फेरि अध्यक्ष बने डा. धिताल, विद्युत् नियमन आयोगमा पुरानै नेतृत्वको पुनरागमन
-
नारायणी लिफ्ट सिँचाइको १३ किलोमिटर नहर अतिक्रमणमा, ‘सी’ नहर नक्सामै सीमित