२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
जलसरोकार
चितवन: पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गरेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ ।
यसैगरी राप्ती–१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ । कालिका नगरपालिकामा १९५ परिवारलाई मिटरबक्स वितरण गरिएको उहाँले जानकारी दिनुभयो । अन्यलाई क्रमशः वितरण गर्दै जाने उनको भनाइ छ ।
मिटरबक्स जडान गर्दा आवश्यक पर्ने मिटर, तार र एमसिबीसमेत निःशुल्क प्रदान गरिएको छ । चौधरीका अनुसार ती दुई पालिकामा मिटरबक्स वितरणका लागि प्राधिकरणले रु एक करोड २० लाख खर्च गर्दैछ । यसरी वितरण गर्न लागिएका मिटरबक्स पाउने अधिकांश चेपाङ समुदायका रहेका छन् ।
उनीहरुले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा रु ३० तिर्नुपर्ने हुन्छ । चौधरीले भने,“अति विपन्न परिवारलाई मिटरबक्स जडान थालेका छौँ, विद्युत् शुल्क भने उनीहरुले तिर्नुपर्ने हुन्छ ।” लक्षित वर्गलाई यथासक्य छिटो मिटरबक्स जडानका लागि पहल गरिदिन वडाअध्यक्षमार्फत सहजीकरणका लागि अनुरोध गरिएको उनले बताए ।
रितपूर्वक प्राप्त निवेदनपश्चात् मिटरबक्स जडान गरिनेछ । यसअघि इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा बसोबास गर्नेलाई मिटरबक्स निःशुल्क वितरण गरिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग
-
नेप्से ७४.७३ अंकले घट्यो, कारोबार रकम १२ अर्ब नाघ्यो
-
ऊर्जा मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन, कार्यसम्पादन अनुगमन गरिने
-
साहस ऊर्जालाई सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति
-
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदार आन्दोलन, काम ठप्प
-
महाकाली सिँचाइ आयोजना : नहर निर्माण पूरा, पानी प्रवाह अझै अन्योलमा