करेन्ट लागेर मृत्यु भएका उपेशको शव परिवारले बुझे
जलसरोकार
काठमाडौं: करेन्ट लागेर मृत्यु भएका उपेश परियारको शव परिवारले बुझेका छन् । विद्युत प्राधिकरण, उपेशको परिवार र उनलाई काम लगाउने ठेकदारबीच सहमति जुटेपछि परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलले जानकारी दिए।
शनिवार काभ्रे वितरण केन्द्रबाट विस्तारित धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको बिजुलीको खम्बामा करेन्ट लागेर उनको मृत्यु भएको थियो।
’उहाँहरूले आपसी सहमति गरेपछि कानुनी प्रक्रिया पूरा गरेर शव बुझ्ने काम भएको छ,’ उनले भने, ’बाँकी अनुसन्धान भइरहेको छ ।’
विद्युत वितरण केन्द्र काभ्रेका साहायक प्रशासनिक अधिकृत कैलाश आचार्यका अनुसार मृतकका परिवारलाई ठेकदारले १० लाख दिने र प्राधिकरणले पनि नियमअनुसारको क्षतिपूर्ति दिने सहमति भएको छ ।
प्राधिकरणको नियम अनुसार काम गर्दैगर्दा कसैको मृत्यु भएमा ५ लाख रूपैयाँ क्षतिपूर्ति दिने प्रावधान छ । सोही अनुसार सम्झौता भएको छ ।
उनी सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा