कृषि विद्युतीकरणलाई सुरक्षित बनाउन जनमत पार्टीको माग
जलसरोकार
काठमाडौं: नेपालमा कृषि विद्युतीकरणको प्रक्रिया मापदण्डबिनै अघि बढाइँदा किसानको जीवन जोखिममा परेको तथ्य बाहिर आएको छ । पछिल्ला पाँच वर्षमै करेन्ट लागेर ४४९ किसानको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
यसैबीच, जनमत पार्टीले विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै कृषि विद्युतीकरणलाई सुरक्षित बनाउन ठोस कदम चाल्न माग गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापन पत्र बुझाउँदै जनमतले यस्तो माग गरेको हो ।
खेतका पोलमा डिस्ट्रिब्युसन बक्स जडान गर्नुपर्ने, दुर्घटनामा परी मृत्यु वा घाइते हुने किसानका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, साथै विद्युतीय कृषि बीमा अनिवार्य गर्नुपर्ने माग पार्टीले राखेको छ ।
जनमत पार्टीले भन्यो, हाल खेत–खेतमा गाडिएका विद्युत् पोल मापदण्डअनुरूप नहुँदा किसानहरू लुज हुकिङ गरेर मिटर जोड्न बाध्य छन्, जसका कारण बारम्बार दुर्घटना भइरहेको छ ।
पार्टीले कृषिमा प्रयोग हुने बिजुली मिटर र बिल निःशुल्क गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी