कृषि विद्युतीकरणलाई सुरक्षित बनाउन जनमत पार्टीको माग
जलसरोकार
काठमाडौं: नेपालमा कृषि विद्युतीकरणको प्रक्रिया मापदण्डबिनै अघि बढाइँदा किसानको जीवन जोखिममा परेको तथ्य बाहिर आएको छ । पछिल्ला पाँच वर्षमै करेन्ट लागेर ४४९ किसानको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
यसैबीच, जनमत पार्टीले विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै कृषि विद्युतीकरणलाई सुरक्षित बनाउन ठोस कदम चाल्न माग गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापन पत्र बुझाउँदै जनमतले यस्तो माग गरेको हो ।
खेतका पोलमा डिस्ट्रिब्युसन बक्स जडान गर्नुपर्ने, दुर्घटनामा परी मृत्यु वा घाइते हुने किसानका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, साथै विद्युतीय कृषि बीमा अनिवार्य गर्नुपर्ने माग पार्टीले राखेको छ ।
जनमत पार्टीले भन्यो, हाल खेत–खेतमा गाडिएका विद्युत् पोल मापदण्डअनुरूप नहुँदा किसानहरू लुज हुकिङ गरेर मिटर जोड्न बाध्य छन्, जसका कारण बारम्बार दुर्घटना भइरहेको छ ।
पार्टीले कृषिमा प्रयोग हुने बिजुली मिटर र बिल निःशुल्क गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स