रोजगारी सरकारले दिन सक्दैन, निजी क्षेत्रले दिन्छ : गगन थापा
जलसरोकार
काठमाडौं,: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको भएको बताएका छन् ।
नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्नेमा सरकारको तर्फबाट २० हजार बढीले काम नपाउने थापाले दाबी गरे ।
बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले भने, ‘४ लाख ८० हजार मानिस बाँकी रहन्छ । काम कहिल्यै पनि सरकारले दिन सक्दैन । काम भनेको जहिले पनि निजी क्षेत्रले दिन्छ,’ थापाले भने,‘संसार भरी यही हो । सरकारले काम दिन्छु काम दिन्छु भनेको कसैले नपत्याउनुस् ।’ सरकारले रोजगारी सिर्जनाका लागि वातावरण बनाउने उनले बताए ।
दक्ष जनशक्ति हुन उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उनले सुनाए । बजारलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने थापाले बताए ।
‘एकै दिनको समाचार कस्तो आउँछ हेर्नुस् त । एउटा समाचारले भन्छ, दुई हजार मान्छेले नेपाल छोडेर बाहिर गए भन्छ,’ थापाले भने,‘अर्को समाचारले भन्छ, आफ्नो उद्योगमा काम गर्ने श्रमिकहरु नपाएर उद्योगीहरु प्रधानमन्त्रीकहाँ गएर डेलिगेशन गएर मैले श्रमिक पाइन भनेको समाचारले भन्छ । अर्को समाचारले के भन्छ, भारतले सबैभन्दा बढी आफ्नो श्रमीकबाट आम्दानी गर्ने टप दश देशमध्ये नेपाल पनि निरन्तर पर्छ भन्छ।’
बजारको मागलाई हेरेर विद्यालयमा पढाउने विषयवस्तु राख्नुपर्ने उनले बताए। बढी आम्दानी गर्ने विषय पढाउनुपर्ने त्यही अनुसारको पाठ्यक्रम बनाउनुपर्ने थापाले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड