टेम्केमैयुङका दुर्गम बस्तीमा केन्द्रीय विद्युत् विस्तार
जलसरोकार
भोजपुर: भौगोलिक रूपमा विकट मानिने टेम्केमैयुङ गाउँपालिकाका दुर्गम बस्तीहरूमा केन्द्रीय विद्युत् सेवा पुगेसँगै स्थानीयवासीको दैनिकीमा उल्लेखनीय परिवर्तन आएको छ ।
विद्युत् विस्तार भएपछि यहाँका बासिन्दाले अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य गर्दै आधुनिक जीवनशैलीतर्फ कदम बढाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत बिजुली बलेपछि स्थानीय अत्यन्त हर्षित भएका छन् ।
स्थानीयवासी रामबहादुर राईले विद्युत् विस्तारले गाउँमा सहजता आएको बताउँदै भने, “भौगोलिक रूपमा विकट भए पनि सुविधा विस्तार हुँदा जीवनयापन सजिलो भएको छ । अब अँध्यारोमा बस्नुपर्ने बाध्यता छैन ।”
यस्तै, बलिराज राईले विद्युत् विस्तारले सूचना तथा सञ्चारको पहुँचमा गाउँ जोडिएको जनाउँदै टेलिभिजन, इन्टरनेट लगायतका सुविधा उपयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनका अनुसार बालबालिकाले उज्यालोमा सजिलै पढ्न पाउने भएकाले शिक्षा क्षेत्रमा समेत सकारात्मक असर परेको छ ।
गाउँपालिकाको केन्द्र अन्नपूर्ण र अन्य बस्तीमा पुग्न अझै पनि तीनदेखि चार घण्टासम्म जङ्गलको बाटो हिँड्नुपर्ने चुनौती रहे पनि विद्युत् सेवाले गाउँ उज्यालो बनेको छ ।
एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको टेम्केमैयुङ गाउँपालिकाका सबै नौ वडामा विद्युत् सेवा विस्तार भइसकेको गाउँपालिकाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा