काठमाडौंका यी क्षेत्रमा छ दिन बिद्युत् आपूर्ति बन्द हुने (समय तालिकासहित)
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण, बानेश्वर वितरण केन्द्रले विभिन्न स्थानको वितरण प्रणालीमा भइरहेको पोल गाड्ने (Pole Erection) तथा केबल उठाउने (Cable Rising) कामका कारण नियोजित रूपमा बिद्युत् आपूर्ति बन्द रहने जानकारी दिएको छ।
निर्धारित Shutdown कार्यक्रमअनुसार तोकिएका मितिहरूमा बानेश्वर क्षेत्रका विभिन्न फिडरअन्तर्गत पर्ने स्थानहरूमा एक घण्टादेखि तीन घण्टासम्म बिद्युत् अवरुद्ध हुनेछ। काम सम्पन्न भएसँगै बिद्युत् सेवा पुनःसुचारु गरिने प्राधिकरणले जनाएको छ।
सूचना अनुसार २०८२ असोज ६, ८, ९ र ११ गते Old Airport Feeder, शंखमूल फिडर, धोबीतालाव फिडर, बसन्तपुरटोलि फिडर लगायतका क्षेत्रमा बिहान ८ बजेपछि फरक–फरक समयमा बिद्युत् बन्द हुनेछ।
निर्धारित कार्य सम्पन्न गर्ने क्रममा उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला