मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
जलसरोकार
मुस्ताङ : मुस्ताङमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका अनुसार हावाहुरीका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो ।
थासाङ गाउँपालिका–४ मिसीस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पु¥याएपछि ४८ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको विद्युत् वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । उनका अनुसार सुरुमा थासाङ–२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि विद्युत् सेवा रोकिएको थियो । त्यसपछि आइतबार राति आएको हावाहुरीले प्रसारण लाइनको खम्बामा क्षति पु¥याउँदा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध हुन पुगेको हो ।
कार्यालय प्रमुख थकालीले क्षति पुगेका स्थानमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली मर्मत कार्यका लागि परिचालित भइसकेको जानकारी दिए । थासाङ–२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रहे पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत् प्रसारणमा समस्या हुँदै आएको उनले बताए ।
थासाङ–१ टुकुचेमा १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेको भए पनि माथिल्लो क्षेत्रमा सवस्टेसनको अभावका कारण केन्द्रीय प्रसारण लाइनमा समस्या आए मुस्ताङ अन्धकारमय हुने गरेको थकालीको भनाइ छ । थापाखोला
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तामाकोशी-५ मा पाँच स्थानबाट एकैसाथ सुरुङ उत्खनन, ७८४ मिटर हेडरेस सुरुङ निर्माण
-
पञ्चेश्वर : मेगावाटको मोह कि राष्ट्रिय हित?
-
विद्युत् महसुल अब लागत, ऊर्जा खपत र समयको आधारमा निर्धारण हुने
-
श्वेत गंगा हाइड्रोपावरको नाफामा उल्लेख्य छलाङ, खुद नाफा १७ करोड ७३ लाख रुपैयाँ
-
माथिल्लो मैलुङ खोला जलविद्युत घाटाबाट नाफामा, खुद नाफा ११ करोड १२ लाख रुपैयाँ
-
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह