सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

जलसरोकार
सोमबार, पुस २८, २०८२ | १४:४९:०६ बजे

 

मुस्ताङ : मुस्ताङमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका अनुसार हावाहुरीका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो ।

थासाङ गाउँपालिका–४ मिसीस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पु¥याएपछि ४८ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको विद्युत् वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । उनका अनुसार सुरुमा थासाङ–२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि विद्युत् सेवा रोकिएको थियो । त्यसपछि आइतबार राति आएको हावाहुरीले प्रसारण लाइनको खम्बामा क्षति पु¥याउँदा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध हुन पुगेको हो ।

कार्यालय प्रमुख थकालीले क्षति पुगेका स्थानमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली मर्मत कार्यका लागि परिचालित भइसकेको जानकारी दिए । थासाङ–२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रहे पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत् प्रसारणमा समस्या हुँदै आएको उनले बताए ।

थासाङ–१ टुकुचेमा १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेको भए पनि माथिल्लो क्षेत्रमा सवस्टेसनको अभावका कारण केन्द्रीय प्रसारण लाइनमा समस्या आए मुस्ताङ अन्धकारमय हुने गरेको थकालीको भनाइ छ । थापाखोला

प्रकाशित मिति : सोमबार, पुस २८, २०८२ | १४:४९:०६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया