म्याग्दीको लुलाङमा एक हप्तादेखि विद्युत सेवा अवरुद्ध
जलसरोकार
म्याग्दी: जिल्लाको धवलागिरी गाउँपालिका–२ लुलाङमा एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्चित भएका हुन् ।
विद्युत अवरुद्ध हुँदा स्थानीयको दैनिकी प्रभावित भएको छ । लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाका अनुसार रातको समयमा उज्यालो गर्न, घरायसी काम, विद्यार्थीको पठनपाठन तथा वडा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या देखिएको छ । मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवा समेत प्रभावित बनेको छ ।
साविक लुलाङ गाविस क्षेत्रमा रहेका करिब ३७० घरपरिवारले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाबाट विद्युत उपभोग गर्दै आएका थिए । गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुगे पनि लघुजलविद्युतकै विद्युत प्रयोग गर्दै आएकाले धेरै घरधुरीमा मिटरबक्स जडान तथा वायरिङ गरिएको थिएन ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेपछि लघुजलविद्युत परियोजनाको मर्मतमा सरकारको आर्थिक कार्यविधिले बजेट उपलब्ध नहुने अवस्था छ । त्यसैले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मिटरबक्स जडान गर्दै केन्द्रीय लाइनमार्फत विद्युत विस्तार गर्ने पहल भइरहेको उनले जानकारी दिए ।
दरखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउने भएकाले दीर्घकालीन समाधानका लागि केन्द्रीय प्रशारण लाइनको विद्युत जोड्न प्राथमिकता दिइएको उपाध्यक्ष पुनको भनाइ छ । यद्यपि, गत जेठमै केन्द्रीय लाइन पुगे पनि हालसम्म खोरियास्थित नेपाल टेलिकमको मोबाइल टावर सञ्चालनबाहेक अन्य प्रयोजनमा प्रयोग हुन सकेको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
-
कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
-
कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा
-
दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, प्रभावितलाई दाबी–प्रमाण पेश गर्न आग्रह
-
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
-
साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो सेयर बजार