तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो
जलसरोकार
तुलसीपुर: दाङको तुलसीपुर बजारमा विद्युत्का खाली तार थिए । ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाईनका खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा ‘कभर’ पनि राखेको छ ।
साथै यसअघि ३० स्क्वायर मिटर तार रहेकोमा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखिएको छ । यस अघि तार चुडिने, क्षमता नधान्नेजस्ता सस्या पनि अन्त्य हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले बताए । उनका अनुसार तुलसीपुर बजार क्षेत्रलाई सुरक्षित बनाउन यस्तो कार्य गरिएको हो ।
बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुकासाथै एक सय स्क्वायर फिट बनाइएको हो । एक करोड रुपैँया लागतमा ती तार फेरिएको उहाँको भनाइ छ । तुलसीपुरमा विद्युत्का ५२ हजार दुईसय ९० ग्राहक रहेका छन् ।
रगैँचामा भवन बन्दै दाङको शान्तिनगर गाउँपालिका–५ रगैँचामा विद्युत्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । जहाँ ‘नो लाइट’ सेवाको कार्यालय छ । त्यसकालागि स्थानीय गिरीराज बस्नेतले जग्गा दिएपछि भवन नै बन्न लागेको हो । यस अघि त्यहाँ भाडाबाट उक्त कार्यालय सञ्चालनमा थियो ।
शान्तिनगर, दङ्गीशरण गाउँपालिकालगायतलाई सेवा दिन त्यहाँ एक जना कर्मचारीसहित उक्त सेवा सुरु गरिएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीका अनुसार केही दिन अघि मात्रै टेण्डर आह्वान भएको उनले बताए । भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता आउने उनको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी