काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा केही समयका लागि विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यका कारण पशुपतिनाथ क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायत क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको बानेश्वर वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म मित्रपार्क–पशुपति कलेज क्षेत्र, विमानस्थल फिडरअन्तर्गत ढल किपास आयोजना क्षेत्र, विमानस्थल आर्मी ब्यारेकसम्म तथा बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दीर्घायु अस्पतालदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
यस्तै, नयाँ चाबहिल नयाँबस्ती फिडरअन्तर्गत पर्ने क्षेत्रमा पनि बिहान ७ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ। सो अवधिमा चाबहिल चोक, गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा बिजुली नआउने प्राधिकरणले जनाएको छ ।
विद्युत् आपूर्ति नहुँदा सर्वसाधारण तथा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। साथै तय गरिएको काम निर्धारित समयभन्दा छिटो सम्पन्न भएमा विद्युत् आपूर्ति पहिल्यै नियमित हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना