काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा केही समयका लागि विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यका कारण पशुपतिनाथ क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायत क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको बानेश्वर वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म मित्रपार्क–पशुपति कलेज क्षेत्र, विमानस्थल फिडरअन्तर्गत ढल किपास आयोजना क्षेत्र, विमानस्थल आर्मी ब्यारेकसम्म तथा बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दीर्घायु अस्पतालदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
यस्तै, नयाँ चाबहिल नयाँबस्ती फिडरअन्तर्गत पर्ने क्षेत्रमा पनि बिहान ७ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ। सो अवधिमा चाबहिल चोक, गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा बिजुली नआउने प्राधिकरणले जनाएको छ ।
विद्युत् आपूर्ति नहुँदा सर्वसाधारण तथा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। साथै तय गरिएको काम निर्धारित समयभन्दा छिटो सम्पन्न भएमा विद्युत् आपूर्ति पहिल्यै नियमित हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली
-
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
-
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
-
तिला जलविद्युत्काे बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने