सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा बिजुली पुग्यो
जलसरोकार
खाँदबारी: हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पु-याउने तयारी भइरहेको जानकारी दिए ।
यसैबीच विद्युत् प्राधिकरण सङ्खुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट रु ५९ लाख बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम सङ्कलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए ।
त्यस्तै कालोसूचीमा परेका ग्राहकबाट थप रु छ लाख उठाइएको यादवले जानकारी दिए । प्राधिकरणका अनुसार सङ्खुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन् । अघिल्लो आर्थिक वर्षमा महसुलबापत रु २४ करोड १९ लाख सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स