सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा बिजुली पुग्यो
जलसरोकार
खाँदबारी: हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजिव सिंहले बाँकी २० प्रतिशत घरधुरीमा पनि छिट्टै विद्युत् पु-याउने तयारी भइरहेको जानकारी दिए ।
यसैबीच विद्युत् प्राधिकरण सङ्खुवासभाले महसुल नतिर्ने ५४२ उपभोक्ताबाट रु ५९ लाख बक्यौता असुल गरेको जनाएको छ । सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा महसुल नतिर्ने उपभोक्ताको विद्युत् काट्ने अभियान सञ्चालन गरेपछि १० महिनाको अवधिमा उक्त रकम सङ्कलन गर्न सफल भएको खाँदबारी वितरण केन्द्रका प्रमुख सत्रुधन यादवले बताए ।
त्यस्तै कालोसूचीमा परेका ग्राहकबाट थप रु छ लाख उठाइएको यादवले जानकारी दिए । प्राधिकरणका अनुसार सङ्खुवासभामा हाल २८ हजार ७३२ भन्दा बढी विद्युत् उपभोक्ता छन् । अघिल्लो आर्थिक वर्षमा महसुलबापत रु २४ करोड १९ लाख सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव