बौदीकालीमा बल्ल पुग्यो बिजुली
जलसरोकार
नवलपरासी : नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो ।
पहिलोपटक बिजुली पुग्दा ववकका बासिन्दा खुसी भएका छन् । लामो समय अन्धकारमा बस्दै आएकामा अब भने गाउँ नै उज्यालो हुने बौदीकाली–५, ववकका गेषबहादुर रानाले बताए ।
बौदीकाली–५, ववकअन्तर्गत यहाँका अर्खलाथर, चितौरेथर, लुङ्गेलीथर, बोझाजी, हर्वले, बेसारडाँडाका करिब दुई सय परिवार विद्युत्बाट लाभान्वित हुनेछन् । विद्युत् नपुग्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो । बिजुली पुगेसँगै विकासका अन्य सम्भावनाका ढोका खुल्ने अपेक्षा गरिएको उनले बताए । अहिले विद्युत् मिटर जडानका लागि आवेदन दिएका घरमा मिटर जडानको काम भइरहेको छ ।
उज्यालो बौदीकाली कार्यक्रमअन्तर्गत ववकमा बिजुली बालिएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । पालिकाले उज्यालो बौदीकाली कार्यक्रममार्फत सर्भिस केवलमा लागत साझेदारी र मिटर बक्समा शतप्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए । “अहिलेको समयमा समेत अन्धकारमा बस्नुपर्ने बाध्यता थियो, त्यही भएर विद्युतीकरणका लागि बजेट विनियोजन ग¥यौँ । अहिले ववकमा बिजुली बाल्न सफल भएका छौँ”, गाउँपालिका अध्यक्ष ओझाले भने, ।
गाउँपालिका भित्रका चार वडामा विद्युत् नपुगेको अवस्थामा वडा नम्बर ३ र ४ मा यसअघि विद्युतीकरण गरिएको अध्यक्ष ओझाले बताए । अहिले वडा नम्बर –५, ववकमा विद्युतीकरण भएको र वडा नम्बर–६, नरममा समेत छिट्टै विद्युत् पु¥याइने उनले बताए । बुलिङटारको बोझा पोखरीमा विद्युत् शवस्टेसन निर्माण भएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहज भएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीले सिप्रिङ खोला जलविद्युत् आयोजनामा क्षति, विद्युत् उत्पादन बन्द
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
विद्युत् तार छोएर दुबै हात गुमाएका बालकलाई प्राधिकरणले १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति दिने
-
विद्युत् व्यापारबाट नेपाललाई २९ अर्बभन्दा बढी आम्दानी, निर्यातमा झण्डै ६३ प्रतिशत वृद्धि
-
सुन प्रतितोला ३०० र चाँदी २५ रुपैयाँले बढ्यो
-
पहिरो र बाढीले देशका विभिन्न सडक अवरुद्ध, केही राजमार्गमा रात्रीकालीन सवारी सञ्चालन रोक